News Category 2080/12/20
सदस्यता टुंगो नलगाई साधारणसभा, अधिवेशन नगर्न युनियनद्वारा ध्यानाकर्षण
दैनिक समाचारदाता
राजविराज, २० चैत ।
नेपाल प्रेस युनियन सप्तरीले पत्रकार महासंघको सदस्यता टुंगो नलगाई साधारणसभा, अधिवेशन सहितका कुनै पनि प्रक्रिया अगाडी नबढाउन नेपाल पत्रकार महासंघ शाखा सप्तरीसंग आग्रह गर्दै ध्यानाकर्षण गराएको छ ।
मंगलबार नेपाल पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देवलाई युनियनका अध्यक्ष बिनयकुमार लाल कर्णले सो ध्यानाकर्षण गराउँदै पत्र समेत बुझाएका छन् ।
नेपाल प्रेस युनियन केन्द्रीय समितिको मिति २०८० चैत १७ गते सुनसरी जिल्लाको इटहरीमा सम्पन्न बैठकले पत्रकार महासंघले चैत मसान्तसम्म सम्पूर्ण जिल्लाको साधारणसभा र अधिवेशन तथा आगामी बैशाख २२ र २३ गते केन्द्रिय महाधिवेशन गराउने निर्णयबाट शुद्धिकरण अभियानलाई नै ओझेलमा पार्ने काम भएको उल्लेख गर्दै सदस्यता र मतदाता नामालीको टुंगो लगाएर मात्र जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन÷साधारणसभा गर्न ध्यानाकर्षण गराएको हो ।
“पत्रकार महासंघले शुरु गरेको सदस्यता शुद्धिकरण अभियानमा नेपाल प्रेस युनियनको पूर्ण साथ र सहयोग रहेको सर्वविदित्तै छ । पत्रकार महासंघलाई विशुद्ध पत्रकारहरुको संस्था बनाउन नेपाल प्रेस युनियनले निर्वाह गरेको भूमिकाबारे पत्रकार महासंघ पनि अनभिज्ञ छैन् । तर, पछिल्लो विकसित घट्नाक्रम अनुसार नेपाल पत्रकार महासंघले शुद्धिकरण अभियानलाई थाँती राखेर सार्वजनिक रुपमा प्रेस विज्ञप्ती जारी गरी जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेको प्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।” पत्रमा भनिएको छ ।
सोही पत्रमा नेपाल पत्रकार महासंघले प्रेस युनियनको माग विपरित अधिवेशन÷साधारणसभा सहितका कुनै पनि प्रक्रिया अगाडी बढाएमा सोबाट उत्पन्न हुन जाने परिस्थितिको जवाफदेही स्वयं नेपाल पत्रकार महासंघ शाखा सप्तरी नै हुने समेत जानकारी गराएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ