News Category 2080/12/20
सरकारी छाप दस्तखत किर्ते गरेको आरोपमा दुई जना पक्राउ
दैनिक समाचारदाता
राजविराज, २० चैत ।
नगरपालिकाको लेटरप्याड, छाप तयार गरी नक्कली सिफारिश पत्र बनाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा खडक नगरपालिका ११ वस्ने ४३ वर्षिय विरेन्द्र कुमार साह र ४० वर्षिय राम प्रकाश सरण चौधरी छन् ।
दुबै जनाको मिलोमतोमा उक्त किर्ते र ठगी काम भएको प्रहरीको भनाई छ । उनीहरुमाथी प्रहरीले सरकारी छाप दस्तखत किर्ते मुद्दा चलाएको छ ।
खडक नगरपालिकाको नक्कली लेटरप्याड, छाप र नगर प्रमुखको किर्ते हस्ताक्षर समेत गरी सिफारिश पत्र बनाएर सरकारी संस्थानबाट मलखाद खरिद र विक्री गरी ठगी गरेको उनीहरुमाथी आरोप छ ।
सोही नगरपालिकाका उपमेयर रीता कुमारी चौधरीको सहयोगीको रुपमा नगरपालिकामा काम गर्दै आएका साह कर्मचारी हुन भने चौधरी मलखाद विक्री गर्ने एक सहकारी संस्थाका संचालक हुन ।
प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि साहलाई निलम्बनको तयारी गरिएको मेयर जयप्रकाश चौधरीले बताए । साहले नक्कली लेटरप्याड, छाप र चलानी नम्बर मात्र नभई आफ्नो हस्ताक्षर समेत किर्ते गरी नक्कली सिफारिश पत्रको आधारमा सरकारी संस्थानबाट १ सय २२ बोरा मल खाद्य खरिद गरी विक्री गरेको जानकारी प्राप्त भएको मेयर चौधरीले बताए ।
नक्कली सिफासिश पत्र मार्फत वडा नम्बर ४ का लागी सरकारी संस्थानबाट प्राप्त गरेको उक्त मलखाद्य आफ्नै वडा ११ मा लगेर विक्री गरेको समेत आफुलाई जानकारी प्राप्त भएको उनको भनाइ छ ।
दुई दिन अघि पक्राउ परेका उनीहरुमाथी सरकारी छाप दस्तखत किर्ते मुदामा सप्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद थप गराई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ