News Category 2080/12/20
सरकारी छाप दस्तखत किर्ते गरेको आरोपमा दुई जना पक्राउ

दैनिक समाचारदाता
राजविराज, २० चैत ।
नगरपालिकाको लेटरप्याड, छाप तयार गरी नक्कली सिफारिश पत्र बनाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा खडक नगरपालिका ११ वस्ने ४३ वर्षिय विरेन्द्र कुमार साह र ४० वर्षिय राम प्रकाश सरण चौधरी छन् ।
दुबै जनाको मिलोमतोमा उक्त किर्ते र ठगी काम भएको प्रहरीको भनाई छ । उनीहरुमाथी प्रहरीले सरकारी छाप दस्तखत किर्ते मुद्दा चलाएको छ ।
खडक नगरपालिकाको नक्कली लेटरप्याड, छाप र नगर प्रमुखको किर्ते हस्ताक्षर समेत गरी सिफारिश पत्र बनाएर सरकारी संस्थानबाट मलखाद खरिद र विक्री गरी ठगी गरेको उनीहरुमाथी आरोप छ ।
सोही नगरपालिकाका उपमेयर रीता कुमारी चौधरीको सहयोगीको रुपमा नगरपालिकामा काम गर्दै आएका साह कर्मचारी हुन भने चौधरी मलखाद विक्री गर्ने एक सहकारी संस्थाका संचालक हुन ।
प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि साहलाई निलम्बनको तयारी गरिएको मेयर जयप्रकाश चौधरीले बताए । साहले नक्कली लेटरप्याड, छाप र चलानी नम्बर मात्र नभई आफ्नो हस्ताक्षर समेत किर्ते गरी नक्कली सिफारिश पत्रको आधारमा सरकारी संस्थानबाट १ सय २२ बोरा मल खाद्य खरिद गरी विक्री गरेको जानकारी प्राप्त भएको मेयर चौधरीले बताए ।
नक्कली सिफासिश पत्र मार्फत वडा नम्बर ४ का लागी सरकारी संस्थानबाट प्राप्त गरेको उक्त मलखाद्य आफ्नै वडा ११ मा लगेर विक्री गरेको समेत आफुलाई जानकारी प्राप्त भएको उनको भनाइ छ ।
दुई दिन अघि पक्राउ परेका उनीहरुमाथी सरकारी छाप दस्तखत किर्ते मुदामा सप्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद थप गराई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ