News Category 2080/12/21
वडा सदस्यको निधनमा शोक विदा
दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ५ का वडा सदस्य तथा गाउँपालिकाको न्यायिक समितिका सदस्य राजेन्द्र प्रसाद राय अमातको निधन भएको छ ।
लामो समयदेखि बिरामी रहेका ७० वर्षिय रायको विराटनगरस्थित विराट टिचिंग अस्पतालमा उपचारको क्रममा मंगलबार राती निधन भएको हो ।
वडा सदस्य रायको निधनप्रति गहिरो दुःख प्रकट गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले दिवंगत आत्माको चीर शान्तिको कामना गरेका छन् ।
न्यायिक समितिमा रही निजले न्याय सम्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको भन्दै अध्यक्ष मण्डलले शोक विज्ञप्ति जारी गरी रायको निधनले अपूरणीय क्षति भएको जनाएका छन् । गाउँपालिका तथा मातहतका कार्यालयहरु अति आवश्यक सेवा बाहेक बुधबार एक दिनका लागि बन्द गरिएको छ ।
दिवंगत रायको दुई छोरा, दुई छोरी र श्रीमति छन् । दुवै छोरा विदेशमा रहेको र आएपछि मात्रै सदगत गरिने वडा नं. ५ का वडा अध्यक्ष ललन प्रसाद राउतले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ