News Category 2080/12/21
कुमारीले मनायो वार्षिकोत्सव
दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
कुमारी बैंक लि. ले बुधबार आफ्नो स्थापनाको २३औं वार्षिकोत्सव मनाएको छ । सो बैंकको राजविराज शाखाले आफ्ना ग्राहकबीच केक काटेर वार्षिकोत्सव मनाएको हो ।
सो अवसरमा आयोजित कार्यक्रममा बैंकका शाखा प्रबन्धक राहुल कुमार गुप्ताले बि.स. २०७७ साल कात्तिक २ गते राजविराज शाखा स्थापना भएको छोटो अवधीमा ग्राहकहरुले बैंकप्रति देखाएको माया र विश्वासप्रति आभार व्यक्त गरे ।
बैंकले गजबको बचत खाता योजनामार्फत एक वर्षसम्म मोबाइल बैकिङ, डेबिट कार्ड र कुमारी बैंकको एटिएम कार्डबाट जुनसुकै बैंकको एटिएमबाट बिनाशुल्क रकम निकाल्न पाउने सुविधा रहेको उनले जनाए । त्यस्तै न्युनतम एक हजार ब्यालेन्स रहेको खातामा २० हजारसम्मको स्वास्थ्य बिमाको व्यवस्था समेत रहेको उनको भनाई छ ।
यस्तै नयाँ वर्षलाई लक्षित गरि केही समयका लागि शेयर सम्बन्धी डिमेट र मेरो शेयरको निशुल्क रजिष्ट्रेशनको व्यवस्था समेत गरिएको उनले बताए ।
जिल्लाको विष्णुपुर गाउँपालिकामा बैंकको अर्को शाखा र राजविराजस्थित यातायात व्यवस्था कार्यालयमा एक्स्टेन्सन काउन्टर संचालन रहेको छ भने राजविराज शाखामा प्रबन्धकसहित ८ जना कर्मचारी कार्यरत छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ