News Category 2080/12/21
आगलागीबाट ९ घर नष्ट, १६ लाखको क्षति
दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
सप्तरीको छिन्नमस्ता गाउपालिका ३ सखडमा मंगलवार साँझ भएको आगलागीमा ९ वटा घर जलेर नष्ट हुँदा १६ लाख मुल्य बराबरको क्षति भएको छ ।
८० वषर््िाय बृद्ध गंगाराम साहको २, नीजको जेठो छोरा राम कुमारको ५ तथा कान्छो छोरा विन्दुकुमारको २ गरी ९ वटा घर पुर्णरुपमा जलेर नष्ट भएको हो ।
नजिकै रहेको बाँसघारीमा लागेको आगो बाबु छोराको लस्करै रहेका घरहरुमा विद्युतिय गतिमा फैलिदा भाडाँकुडा, खाद्यन्न, फर्निचर, मोबाईल, टेलीभिजन, गरगहना र नगदका साथै टिनको छानो भएको ९ वटै घर जलेर नष्ट भएको पिडीतहरुले जानकारी दिएका छन् ।
राम कुमारकी पत्नी कंचनदेवीले फलामे दराज भित्रका गरगहना र नगद समेत सबै जलेर नष्ट हुदा आफुहरुको विचल्ली भएको सुनाईन । आगलागीले उनको मात्रै ९ लाख २५ हजार बराबरको क्षती भएको छ ।
स्थानीयवासी, प्रहरी र हनुमान नगरकंकालिनी नगरपालिकाको बारुणयन्त्रको मद्दतले २ घण्टाको प्रयास पछि आगो माथि नियन्त्रण कायम गर्न सकिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ