News Category 2080/12/21
दिपाको रहस्यमय मृत्यु प्रकरणमा थप एक आरोपी पक्राउ

दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
भारतमा रहस्यमय मृत्यु भएको सप्तरीको छिन्नमस्ता गाउपालिका ७ की १५ वर्षिया दिपा यादवको प्रकरणमा अनुसन्धानका लागी प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका ४ निवासी ३० वर्षिय कृष्ण कुमार यादव रहेको प्रहरीले जनाएको छ ।
भारतबाट घर फर्केको बेला अघिल्लो दिन उनलाई गाउँबाटै पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
दिपाको गत मंसिर ३० गते भारतको राजधानी नयाँ दिल्लीमा रहस्यमय मृत्यु भएको थियो । उनको मृत शरीर दिल्लीस्थित लाजपतनगरमा एउटा कोठामा दिल्ली प्रहरीले वरामद गरेको थियो । उक्त कोठा भाडामा लिई वस्दै आएका सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ का रोशन मण्डललाई सोही दिन दिल्ली प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
पछिल्लो पटक नेपाल प्रहरीले पक्राउ गरेका कृष्ण उनकै साथी हुन । दीपा वेपत्ता भएकै दिनदेखि लगातार रोशन र कृष्ण फोन सम्पर्कमा रहेको कृष्णले बोकेको मोबाइल कल डिटेलबाट देखिएको बताइएको छ ।
रोशनका आफन्तले दीपा र रोशनबीच प्रेम सम्बन्ध रहेको र सोही क्रममा दीपा स्वेच्छाले दिल्ली भागी प्रेम विवाह गरेको दाबी गर्दै आएका छन् ।
दिल्ली वसाई कै क्रममा गत मंसिर ३० गते दुबै बीच समान्य विवाद हुदा आवेशमा आई दीपाले झुण्डिएर आत्महत्या गरेको समेत रोशनका अभिभावकहरुले बताउँदै आएका छन् । तर, दिपाका अभिभावकले त्यो आत्महत्या नभई हत्या नै भएको दाबी गर्दै आएको छ ।
राजविराज ७ स्थित रोज पब्लिक स्कुलबाट गत वर्ष माध्यमिक शिक्षा परिक्षा (एसइई) दिएकी १५ वर्षिय दीपाको गत जेठ २० गते रोशन र कृष्णसहित मोटरसाईकलमा चढी आएका ४ जना युवाले अपहरण गरी लगेको मामा चन्द्र शेखरले बताउँदै आएका छन ।
सो बारे चार जना विरुद्ध मामा चन्द्र शेखरले जिल्ला प्रहरी कार्यालयमा प्रथम पटक अपहरण, शरिर बन्धक, जबरजस्ती करणी र मानव वेच विखन कसुरमा जाहेरी दिएका थिए । तर भान्जीको मृत्यु भए पश्चात उनले ती चारै जना विरुद्ध कतब्र्य ज्यान मुदा चलाउन समेत उजुरी दिएका छन् ।
प्रहरीले सो उजुरी दर्ता गर्न आलटाल गरेपछि दीपाका अभिभावहरुले न्याय खोज्दै उच्च अदालत जनकपुर–राजविराज इजलाश पुगेका थिए ।
सो रिट उपर सुनवाई गर्दै न्यायधिश मुनेन्द्र प्रसाद अवस्थी र विमल सुवेदीको संयुक्त इजलाशले २०८० असोज १२ गते परमादेश जारी गरेको थियो । परमादेश पछि प्रहरीले सक्रियता देखाउदै आरोपीलाई पक्राउ गर्न थालेको हो । नाबालिकालाई अपहरण गरी हत्या गरिएको भन्दै दीपाका आफन्तले रोशन र कृष्ण संगै डाक्नेश्वरी नगरपालिका ६ का सूर्य नारायण मण्डल र सकुन्तला देवी मण्डल विरुद्ध पनि प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/19 सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी
- 2082/02/19 लक्ष्मीको हत्या भएको परिवारको दाबी
- 2082/02/19 पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय शिक्षा आवश्यक ः मन्त्री सुडी
- 2082/02/19 पविमाबि खेल मैदानमा क्रिकेट खेलाडीका लागि पभेलियन भवन निर्माण हुँदै
- 2082/02/16 मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी
- 2082/02/16 चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
- 2082/02/16 पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी
- 2082/02/16 चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
- 2082/02/16 गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
- 2082/02/16 मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ