News Category 2080/12/21
बिटौरी जग्गा समस्याको विषयमा सरकारलाई ध्यानाकर्षण
दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
सप्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिनेश कुमार यादवले बुधबार प्रतिनिधिसभा बैठकमा वर्षौदेखी राजविराजवासीले भोग्दै आएको बिटौरी जग्गा समस्याको विषयमा सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
उनले बिटौरी रसिद काटेकै भरमा भोग चलन गर्दै आएका पाँच हजार घरपरिवारलाई अविलम्ब लालपूर्जा उपलब्ध गराउन पहलका लागि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।
बुबा बाजेको पालादेखी रहेको आफ्नो जग्गा समस्या पर्दा बिक्रि बितरण गर्न र बैंकमा राखेर ऋण समेत लिन नपाउँदा झण्डै ५ हजार परिवार समस्यामा रहेको बारे उनले सरकारलाई ध्यानाकर्षण गराए ।
राजविराज नगरपालिकाले यस अघि बिटौरी जग्गाको कर लिदा सोही रसिदको आधारमा जग्गाधनीले समस्या पर्दा बिक्रि तथा बैंक र बित्तिय संस्थामा जग्गा धितो राखेर ऋण लिने गरेकामा विगत ८ वर्षदेखी सो रोकिदा ५ हजार भन्दा बढी परिवार प्रभावित भई कष्टकर जिवन बिताउन बाध्य भएको उनको भनाई थियो ।
उनले सप्तरीको ग्रामिण क्षेत्रमा खानेपानीको समस्या बारे सरकारको ध्यानाकर्षण गराउँदै अहिले अधिकांश ट्युवेलहरु सुक्न थालेकोले अगामी दिनमा अझै पानीको संकट हुन नदिन समयमै त्यसको समाधान गर्नु पर्ने आवश्यकता औल्याए ।
भारतीय सीमादेखी गाईघाटसम्म जोड्ने गरी थालिएको शम्भुनाथ–बनैनिया–गाईघाट सडक वर्षौदेखी अलपत्र रहेको भन्दै उनले बजेट व्यवस्था गरी अविलम्ब काम सूचारु गराउन सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै प्रतिनिधि सभाको बैठकमा उनले राजविराजस्थित देशकै पुरानो मध्येका एक गजेन्द्र नारायण सिंह अस्पतालमा आवश्यकता अनुसारको चिकित्सक र उपकरण नहुँदा स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको भन्दै उक्त विषयमा सरकारको गम्भिर ध्यान जानु पर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ