News Category 2080/12/21
बिटौरी जग्गा समस्याको विषयमा सरकारलाई ध्यानाकर्षण
दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
सप्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिनेश कुमार यादवले बुधबार प्रतिनिधिसभा बैठकमा वर्षौदेखी राजविराजवासीले भोग्दै आएको बिटौरी जग्गा समस्याको विषयमा सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
उनले बिटौरी रसिद काटेकै भरमा भोग चलन गर्दै आएका पाँच हजार घरपरिवारलाई अविलम्ब लालपूर्जा उपलब्ध गराउन पहलका लागि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।
बुबा बाजेको पालादेखी रहेको आफ्नो जग्गा समस्या पर्दा बिक्रि बितरण गर्न र बैंकमा राखेर ऋण समेत लिन नपाउँदा झण्डै ५ हजार परिवार समस्यामा रहेको बारे उनले सरकारलाई ध्यानाकर्षण गराए ।
राजविराज नगरपालिकाले यस अघि बिटौरी जग्गाको कर लिदा सोही रसिदको आधारमा जग्गाधनीले समस्या पर्दा बिक्रि तथा बैंक र बित्तिय संस्थामा जग्गा धितो राखेर ऋण लिने गरेकामा विगत ८ वर्षदेखी सो रोकिदा ५ हजार भन्दा बढी परिवार प्रभावित भई कष्टकर जिवन बिताउन बाध्य भएको उनको भनाई थियो ।
उनले सप्तरीको ग्रामिण क्षेत्रमा खानेपानीको समस्या बारे सरकारको ध्यानाकर्षण गराउँदै अहिले अधिकांश ट्युवेलहरु सुक्न थालेकोले अगामी दिनमा अझै पानीको संकट हुन नदिन समयमै त्यसको समाधान गर्नु पर्ने आवश्यकता औल्याए ।
भारतीय सीमादेखी गाईघाटसम्म जोड्ने गरी थालिएको शम्भुनाथ–बनैनिया–गाईघाट सडक वर्षौदेखी अलपत्र रहेको भन्दै उनले बजेट व्यवस्था गरी अविलम्ब काम सूचारु गराउन सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै प्रतिनिधि सभाको बैठकमा उनले राजविराजस्थित देशकै पुरानो मध्येका एक गजेन्द्र नारायण सिंह अस्पतालमा आवश्यकता अनुसारको चिकित्सक र उपकरण नहुँदा स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको भन्दै उक्त विषयमा सरकारको गम्भिर ध्यान जानु पर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ