News Category 2080/12/22
राजविराज जेसीज १०० प्रतिशत प्रभावकारिता पुरस्कारबाट सम्मानित हुँदै
दैनिक समाचारदाता
राजविराज, २२ चैत ।
नेपाल जेसीजद्वारा २०२४ फेब्रअरी र मार्च महिनामा दिइएको टास्कहरू सफलतापूर्वक सम्पन्न गरि उत्कृष्ट कार्य गरे वापत राजविराज जेसीज १०० प्रतिशत प्रभावकारिता पुरस्कारबाट सम्मानित हुने भएको छ ।
नेपाल जेसीजद्वारा चैत २३ र २४ गते चितवनको सौरहामा आयोजना हुन लागेको “२०२४ नेपाल जेसीज लोम लिडर्स एकेडेमी“ कार्यक्रममा राजविराज जेसीजलाई सो पुरस्कारबाट सम्मानित गरिने हो ।
राजविराज जेसीज लगायत वर्तमान समयमा देशभरी रहेका १ सय ७८ नेपाल जेसीजका शाखाहरू मध्येबाट टास्क पुरा गरेका सम्पूर्ण शाखाहरूलाई १०० प्रतिशत प्रभावकारिता पुरस्कारबाट सम्मानित गरिनेछ ।
“यो सम्मानको लागि नेपाल जेसीजप्रति हार्दिक आभार व्यक्त गगर्दछु, यस सफलताको श्रेय राजविराज जेसीज वर्ष २०२४ का सम्पूर्ण बोर्डका पदाधिकारी, सदस्य, पूर्वअध्यक्षहरू लगायत सहयोगी समेतलाई हार्दिक नमन गर्दछु ।” राजविराज जेसीजका अध्यक्ष विप्लव आनन्दले भने, “अगामी दिनमा समेत सबैको साथ र सहयोग रहे शाखाले उत्कृष्ट कार्य गर्दै जानेछ ।”
राजविराज जेसीजले दुई महिनाको अवधीमा जिल्लामा ४९औँ पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम, सामाजिक व्यवहार परिवर्तन सम्बन्धी जनचेतनामूलक कार्यक्रम, ट्राफिक जनचेतनामूलक कार्यक्रम, वर्ष २०२४ को पहिलो सञ्चालक समितिको बैठक, पदाधिकारीहरूद्वारा ’’श्री जेसीज आधारभूत विद्यालय, पौंवा’’ भ्रमण, नेपाल जेसीजको आयोजना र धरान जेसीजको आथित्यतामा बहु शाखा संसदीय बैठक प्रणालीमा राजविराज जेसीजको सहभागीता, गोलबजार जेसीजको आथित्यतामा बहुशाखा लोम अफिसर्स प्रशिक्षणमा राजविराज जेसीजको सहभागीता, राजविराज जेसीजद्वारा क्षेत्र ’क’ वर्ष २०२४ का शाखा अध्यक्षहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
त्यस्तै महिलाहरूमा देखिने घातक रोग पाठेघरको मुखको क्यान्सर एवं स्त्री यौनाङ्गको सम्पूर्ण परीक्षण सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम, महाशिवरात्रीको उपलक्ष्यमा पूजा सामग्री तथा प्रसाद वितरण कार्यक्रम, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरममा अन्तरक्रिया कार्यक्रम, निःशुल्क आँखा जाँच शिविर, जेसिआई एक्सन फ्रेमवर्क तालिम, वर्ष २०२४ को दोस्रो सञ्चालक समितिको बैठक, होली मिलन कार्यक्रम र सडकमा गरिने व्यवहार तथा ट्राफिक नियम सम्बन्धी तालिम सम्पन्न गरेको अध्यक्ष आनन्दले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ