News Category 2080/12/23
नापी कार्यालयले जग्गाधनीको नाममा लगत कायम गर्न ढिलाई गरेको गुनासो
दैनिक समाचारदाता
राजविराज, २३ चैत ।
जग्गाधनीको नाममा लगत कायम गर्न राजविराजस्थित नापी कार्यालयले विभिन्न बहानामा आलटाल गर्ने गरेको जनगुनासो आउन थालेको छ ।
ग्रामिण क्षेत्रका पालिकाहरुमा रहेको गाउँ ब्लकका वासिन्दाहरुले यस्तो गुनासो गरेका हुन् । २००४ सालको नम्बरी, २००६ सालको नापी, ७ नम्बरको फाँटवारी र सोही आधारमा भुमिसुधार तथा मालपोत कार्यालयले लगतको निर्णय गर्दै काटेको रसिदको आधारमा जग्गाधनीको नाममा लगत कायम गर्न निवेदन लिएर पटक÷पटक नापी कार्यालय पुग्दा पनि विभिन्न बहानामा फर्काउने गरेको छिन्नमस्ता गाउँपालिका ५ का आनन्द झाले गुनासो पोखे ।
मालपोत कार्यालयले काटे कै रसिदका आधारमा विगतमा समस्या पर्दा उक्त जग्गा बैंक तथा वित्तिय संस्थामा धितो राखी ऋण उठाउने र रजिष्टे«शन पास समेत हुदै आएको थियो । तर, हाल आएर नापी कार्यालयले लगत कायम गर्न इन्कार गर्ने गरेकोले आफुहरु समस्यामा परेको तीलाठी कोइलाडी गाउँपालिका ४ का यशवन्त सिंहले गुनासो पोखे ।
ब्लक जग्गाको लगत कायम भएको लगायत अन्य प्रमाणहरु बुझाउँदा पनि हक कायम गर्न नापी कार्यालयले नमान्दा आफुहरु समस्यामा परेको उनको भनाई छ ।
उनले ब्लक लगत कायम भएको प्रमाणका आधारमा हक कायम गर्नु पर्ने माँग गर्दै २०७९ साल चैत्र ३० गते एक पीडितद्वारा सर्वोच्च अदालतमा परेको जग्गा खिचौला घर उठाई मुद्दामा उन कै पक्षमा पैmसला आएको नजिर देखाउँदा पनि कार्यालय प्रमुख सुमन किशोर मिश्रले नजिर मान्न पनि तयार नभएको र एउटै जग्गाको दुई जना स्वामित्व कायम रहेको देखाउन खोजेको गुनासो गरे ।
उनले मुलुकी देवानी संहिता २०७४ र मुलुकी देवानी कार्यवीधी संहिता २०७४ को दफा २७९ र उपदफा ५ मा पनि सहमती नलिई अर्काको जग्गामा घर बनाउन नहुने स्पष्ट व्यवस्था रहेको जनाकारी दिए ।
त्यस्तै कसैले पनि स्वामित्वालाको लिखित सहमती नलिई निजको जग्गामा घर बनाउन नपाइने कानुनी व्यवस्था रहे पनि कार्यालय प्रमुखले त्यो कानूनी व्यवस्थालाई पनि मान्न इन्कार गर्दै आएको उनको गुनासो छ ।
ब्लकमा भएको जग्गाको प्रमाणका आधारमा जग्गाको हक कायम गर्न र अनाधिकृत रुपमा घर बनाएर वसेका ब्यक्तीको घर हटाउने सर्वाेच्च अदालतको आदेश र नजिर विपरित नापी कार्यालयको गतिवीधि अघि बढेको गाँउब्लकका जग्गाधनीहरुको आरोप छ ।
यसबारे नापी कार्यालयका प्रमुख मिश्रसँग जिज्ञासा राख्दा उनले पछिल्लो समय केही नीति नियम परिवर्तन भएको बताए । उनले गाउँ ब्लकका जग्गामा विभिन्न झमेला देखिएको भन्दै सम्बन्धित व्यक्तीलाई आफुले आ–आफ्नो पालिकाबाट भोग चलनको सिफारिश ल्याउन मात्र भनेको जवाफ दिए । गाँउब्लकको जग्गामा फलानो व्यक्तीको स्वामित्व छ भनी पालिकाबाट प्रमाणित सहितको सिफारिश ल्याउन भनेका छौ, उनले भने ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ