News Category 2080/12/23
संघीयता र गणतन्त्रमाथी चौतर्फी आक्रमण ः जसपा अध्यक्ष यादव
दैनिक समाचारदाता
राजविराज, २३ चैत ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीले उपेन्द्र यादवले संघीयता र गणतन्त्रमाथी अहिले चौतर्फी आक्रमण भइरहेकोले सम्पूर्ण परिवर्तनकारी शक्ति एकजुट भएर अघि बढ्नु पर्ने आजको आवश्यकता रहेको बताएका छन् ।
जनता समाजवादी पार्टीको जिल्ला समितिले शुक्रबार उनकै सम्मानमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका मन्त्री यादवले संघीयता र गणतन्त्रमाथी अझै खतरा रहेको भन्दै यसलाई जोगाउनका लागि एकताबद्ध भई लाग्नु पर्नेमा जोड समेत दिए ।
विभिन्न चरणका आन्दोलनको फलस्वरुप संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र नयाँ संविधान बनेपनि यसमा रहेका त्रृटीलाई सच्याउन जरुरी रहेको भन्दै उनले यसो भएमात्र मधेशी, दलित, महिला, मुश्लिम, थारु, सीमान्तकृत लगायत समुदायका असन्तुष्किटहरु हट्ने बताए ।
संघीयता लागू भएपनि प्रदेशको सीमाकंनमा त्रुटी रहेको भन्दै संविधान संशोधनद्वारा त्यसलाई सच्याउन आवश्यक रहेको उनकोभनाई थियो । विगतमाा सरकारद्वारा गठित राज्य पूनरसंरचना आयोगको प्रतिवेदनका आधारमा प्रदेशको सिमांकन तय गरिनुपर्ने उनको सुझाव थियो ।
जसपा सप्तरीका अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य रन्जु ठाकुर, प्रदेश सांसद किरण कुमारी साह, अनिरुद्ध प्रसाद सिंह यादव, मधेश प्रदेशका पूर्व अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह लगायतले पनि शुभकामना दिएका थिए ।
अस्पतालको अवस्था कठिन भएपनि आउँदो दिन सुधार हुने ः मन्त्री यादव
उपप्रप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको हाल अवस्था कठिन भएपनि आउँदो दिन सुधार हुने विश्वास ब्यक्त गरेका छन् ।
शुक्रबार सो अस्पतालको निरिक्षण गर्ने क्रममा संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।
“अस्पतालमा अलिक कठिनाईको अवस्था भएपनि डाक्टरहरुले बिरामीलाई उपचार सेवा दिइराखेका छन् तर प्राविधिक, डाक्टहरु र उपकरणहरुको अझ धेरै आवश्यकता छ, उनले भने, “नयाँ भवन निर्माणको अन्तिम अवस्थामा रहेको छ, त्यो हस्तान्तरण भएपछि ती सबै समस्या समाधान हुने छ ।”
जसपा नेपालका अध्यक्ष समेत रहेका मन्त्री यादवले जनशक्ति, डाक्टर, उपकरण र भौतिक अवस्थाको अभाव रहेको यस अस्पतालको भौतिक संरचना हस्तान्तरण भएपछि स्वास्थ्य कै केन्द्र बिन्दुको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ