News Category 2080/12/25
पत्रकारिता क्षेत्रको समस्या समाधानका लागि आफू गम्भिरः कावा प्रमुख

दैनिक समाचारदाता
राजविराज, २५ चैत ।
राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परबिनले आइतबार राजविराजस्थित राष्ट्रिय समाचार समिति (रासस) कार्यालयको जिर्ण भवनको निरिक्षण गरेकी छिन् ।
राजविराज ३ स्थित रासस कार्यालयको जिर्ण भवनको स्थलगत निरिक्षण गर्दै उनले पत्रकारिता क्षेत्रको समस्या समाधानका लागि आफू गम्भिर रहेको बताइन् । निरिक्षणका क्रममा कावा प्रमुख परबिनले जिर्ण अवस्थामा रहेको रासस कार्यालय भवनको मर्मत र आवश्यक संचार उपकरणका लागि चरणबद्ध रुपमा सहयोग गर्ने आश्वासन दिइन् ।
राससको कार्यालय भवन अत्यन्तै जिर्ण रहेको तथा संचार उपकरणको समेत अभाव रहेको रासस सप्तरीका कार्यालय प्रमुख शम्भु प्रसाद यादवले जानकारी गराएपछि निरिक्षणका लागि टोलीसहित पुगेकी उनले आफू पत्रकारिता क्षेत्रको विकाससँगै मिडिया मैत्री वातावरण निर्माणका लागि सक्दो सहयोग गर्ने बताइन् ।
एक कठ दुई धुर जग्गामा रहेको राससको ८ कोठे भवन वर्षौदेखी जिर्ण अवस्थामा रहँदा जोखिमपूर्ण अवस्थामा काम गरिरहनु परेको निरिक्षणको क्रममा राससका कार्यालय प्रमुख यादवले कार्यवाहक प्रमुख परबिनलाई जानकारी गराएका थिए ।
निरिक्षण टोलीमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख निरन्जन प्रसाद यादव, प्राविधिक र नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य मनोज कुमार माझी लगायतको सहभागिता थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/16 बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा, उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
- 2082/04/16 अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम
- 2082/04/14 सरकारको गलत नीतिका कारण अहिलेको जल संकट आएको हो ः अध्यक्ष यादव
- 2082/04/14 कृषि बिश्वविद्यालयको पठनपाठन ठप्प, बिद्यार्थीहरूद्वारा आन्दोलन चर्काउने चेतावनी
- 2082/04/14 दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ