News Category 2080/12/29
त्रियुगा सहकारीले ५० औं स्थापना दिवसमा मनायो स्वर्ण जयन्ती
दैनिक समाचारदाता
फत्तेपुर (सप्तरी), २८ चैत ।
स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा सप्तरीको फत्तेपुरस्थित त्रियुगा बहुमुखी सहकारी संस्थाले बुधबार स्वर्ण जयन्ती मनाएको छ ।
सप्तकोसी नगरपालिकाको फत्तेपुरस्थित शहिद स्मृति रंगशालामा आयोजना गरिएको उक्त स्वर्ण जयन्तीमा लोपन्मुख पञ्चेबाजा, किराँत नाच, नेवा, मगर, थारु नाँच–झाँकी प्रस्तुत गरिएको थियो ।
सहकारीका अध्यक्ष चन्देश्वर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले ५० वर्षदेखि आफ्नो गरिमा कायम राख्न सफल भएका त्रियुगा सहकारीको नक्कल गर्न मुलुकका अन्य सहकारी सञ्चालकहरुलाई सुझाव दिईन् ।
झण्डै ४ हजार ४० शेयर सदस्य रहेको त्रियुगा सहकारीले हालसम्म ४४ करोड ५३ लाख ७५ हजार रुपैयाँ ऋण लगानी गरेको छ भने हालसम्म ४५ करोड ९८ लाख २६ हजार बचत गरेको सहकारीका सल्लाहकार समितिका अध्यक्ष खगेन्द्र कार्कीले जानकारी दिए । उक्त सहकारीको ५ करोड ११ लाख ३४ हजार कुल शेयर पुँजी रहेको छ ।
कार्यक्रममा सहकारीका पुर्वअध्यक्षहरु, वृद्ध सेयर सदस्यसहितकालाई सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ