News Category 2080/12/29
दशकौंदेखी लालपूर्जा बिहीन ५१ जनाले पाए लालपूर्जा
दैनिक समाचारदाता
राजविराज, २८ चैत ।
दशकौदेखी वसोवास गर्दै आएका जग्गाको लालपूजा नहुदा विभिन्न खाले समस्या झेलिरहेका ५१ जनाले बुधवार धग्गाधनीको लालपूर्जा (जग्गाधनी दर्ता प्रमाण पत्र) प्राप्त गरेका छन् ।
राजविराज नगरपालिका वडा नं. ६ कार्यालयको पहलमा नापी कार्यालयले एक कार्यक्रमबीच उनीहरुलाई लालपूर्जा प्रदान गरेको हो । यसरी लालपूजा पाउनेहरुमा २७ पूरुष र २४ महिला छन् ।
राजविराज नगरपालिका वडा नं. ६ कार्यालयको आयोजना तथा नापी कार्यालय र ३ नम्बर नापी टोली राजविराजको संयोजनमा गरिएको कार्यक्रममा नापी कार्यालयका प्रमुख सुमन किशोर मिश्र, ३ नं नापी टोलीका प्रमुख सतिश कुमार यादव, वडा ६ का अध्यक्ष शशी चौधरी, वडा ८ का अध्यक्ष जयनारायण मण्डल, वडा ७ का अध्यक्ष सुभाष चन्द्र यादव लगायतले जग्गाधनी दर्ता प्रमाण पत्र पुर्जा प्रदान गरेका थिए ।
तत्कालिन बोरिया गाविस हाल राजविराज नगरपालिका ६ मा मात्रै ४ सय भन्दा बढी स्थानीय वासीन्दा जग्गाधनी प्रमाण पत्र पुर्जाबाट बन्चित रहेकोमा आवश्यक प्रक्रिया पुरा गरी पहिलो चरणमा ५१ जनालाइ लालपूर्जा प्रदान गरिएको र बाँकि रहेकाहरुलाई पनि प्रक्रिया पुरा गर्दै क्रमिकरुपमा प्रदान गरिने नापी कार्यालयका प्रमुख मिश्रले जानकारी दिए ।
गाउँ ब्लकको जग्गामा बाबुबाजेको पाला देखी वसोवास गर्दै आएको सो वडाका ४ सय भन्दा बढी वडावासी अझै लालपूजा नपाउँदा समस्या भोगिरहेको भन्दै वडाअध्यक्ष शशि चौधरीले बाँकि रहेका वडावासीलाई समेत जग्गाधनी प्रमाण पत्र दिलाउन आफुले आवश्यक पहल थालेको बताए ।
आफुले जिम्मेवारी सम्हालेपछि सूरु गरेको प्रयास बल्ल सफल हुन थालेको भन्दै उनले आफ्नो कार्यकालमा विवादित बाहेक सबै गाउँब्लक जग्गाका धनीहरुलाई लालपूर्जा दिलाएरै छाड्ने प्रतिबद्धता समेत जनाए ।
यता वर्षाै देखी लालपुर्जा नपाएका कारण राजविराजका नगरपालिकाका ५ हजार परिवार अहिले पनि समस्या मै छन् । विटौरी जग्गाको समस्या पनि यसरी नै समाधान हुनु पर्ने उनीहरुको माग छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ