News Category 2080/12/29
दशकौंदेखी लालपूर्जा बिहीन ५१ जनाले पाए लालपूर्जा
दैनिक समाचारदाता
राजविराज, २८ चैत ।
दशकौदेखी वसोवास गर्दै आएका जग्गाको लालपूजा नहुदा विभिन्न खाले समस्या झेलिरहेका ५१ जनाले बुधवार धग्गाधनीको लालपूर्जा (जग्गाधनी दर्ता प्रमाण पत्र) प्राप्त गरेका छन् ।
राजविराज नगरपालिका वडा नं. ६ कार्यालयको पहलमा नापी कार्यालयले एक कार्यक्रमबीच उनीहरुलाई लालपूर्जा प्रदान गरेको हो । यसरी लालपूजा पाउनेहरुमा २७ पूरुष र २४ महिला छन् ।
राजविराज नगरपालिका वडा नं. ६ कार्यालयको आयोजना तथा नापी कार्यालय र ३ नम्बर नापी टोली राजविराजको संयोजनमा गरिएको कार्यक्रममा नापी कार्यालयका प्रमुख सुमन किशोर मिश्र, ३ नं नापी टोलीका प्रमुख सतिश कुमार यादव, वडा ६ का अध्यक्ष शशी चौधरी, वडा ८ का अध्यक्ष जयनारायण मण्डल, वडा ७ का अध्यक्ष सुभाष चन्द्र यादव लगायतले जग्गाधनी दर्ता प्रमाण पत्र पुर्जा प्रदान गरेका थिए ।
तत्कालिन बोरिया गाविस हाल राजविराज नगरपालिका ६ मा मात्रै ४ सय भन्दा बढी स्थानीय वासीन्दा जग्गाधनी प्रमाण पत्र पुर्जाबाट बन्चित रहेकोमा आवश्यक प्रक्रिया पुरा गरी पहिलो चरणमा ५१ जनालाइ लालपूर्जा प्रदान गरिएको र बाँकि रहेकाहरुलाई पनि प्रक्रिया पुरा गर्दै क्रमिकरुपमा प्रदान गरिने नापी कार्यालयका प्रमुख मिश्रले जानकारी दिए ।
गाउँ ब्लकको जग्गामा बाबुबाजेको पाला देखी वसोवास गर्दै आएको सो वडाका ४ सय भन्दा बढी वडावासी अझै लालपूजा नपाउँदा समस्या भोगिरहेको भन्दै वडाअध्यक्ष शशि चौधरीले बाँकि रहेका वडावासीलाई समेत जग्गाधनी प्रमाण पत्र दिलाउन आफुले आवश्यक पहल थालेको बताए ।
आफुले जिम्मेवारी सम्हालेपछि सूरु गरेको प्रयास बल्ल सफल हुन थालेको भन्दै उनले आफ्नो कार्यकालमा विवादित बाहेक सबै गाउँब्लक जग्गाका धनीहरुलाई लालपूर्जा दिलाएरै छाड्ने प्रतिबद्धता समेत जनाए ।
यता वर्षाै देखी लालपुर्जा नपाएका कारण राजविराजका नगरपालिकाका ५ हजार परिवार अहिले पनि समस्या मै छन् । विटौरी जग्गाको समस्या पनि यसरी नै समाधान हुनु पर्ने उनीहरुको माग छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ