News Category 2080/12/29
सप्तरीमा इदको रमझम
दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
एक महिने लामो रमजानको समाप्तीसंगै सप्तरीका मुस्लिम समुदायले विहिवार पवित्र पर्व इद धुमधामका साथ मनाएका छन् ।
राजविराज ४ स्थित नुरीजामा मस्जिद अगाडी मुस्लिम समुदायका मात्र नभई हिन्दु धर्मावलम्बी पनि पुगी जकात दिएर धार्मिक सदभावको उदाहरण प्रस्तुत गरेका छन् । सामुहिक नवाज पश्चात कतै खीर त कतै विपन्न परिवारलाई खाद्यान्न वितरण गर्दै इद पर्व मनाइएको छ ।
यस अवसरमा विगत वर्ष भैm यस वर्ष पनि नुरीजामा मस्जिद कमिटी तथा स्थानीय मुस्लिम अगुवाहरुको अगुवाईमा राजविराजको मुख्य बजार क्षेत्रको मेनरोडमा तबरुख (सेवई खीरको प्रसाद) वितरण कार्यक्रमको आयोजना गरियो । जसमा हिन्दु समुदायका ब्यक्ती पनि उल्लेख्य संख्यामा सहभागी भई तवरुख (सेवइ खीरको प्रसाद) ग्रहण तथा एक अर्कालाई अंगालो हालेर शुभकामना आदान प्रदान गरे ।
इद पर्व मनाउन मस्जिद तथा इदगाहहरुमा विहानैदेखी मुस्लिम धर्मावलम्बीहरु पवित्र नमाजका लागी एकत्रित भई सामुहिक नमाजमा सरिक भएका थिए । नेपाली काँग्रेस युवा नेता एवं नुरी जामा मस्जिद कमिटिका महासचिव इर्साद अंसारीले इदको नमाज पढनु पुर्व रोजामा भएको त्रुटी र रोजामा थप शुद्धताका लागी प्रत्येक ब्यक्तीले २ किलो ४५ ग्रामका दरले खाद्यान्न वा सो वराबरको रकम फितराको रुपमा दान गरेको बताए ।
नुरी जामा मस्जिदका अध्यक्ष तैयव अंसारीले हरेक उमेर समुहका ब्यक्ती सहभागी भएको यस पर्वको मुख्य उद्देश्य आपसी भाइचारा र सदभाव कायम राख्नु र आर्थिक रुपमा कमजोर भएकाले सहयोग गर्नु रहेको बताए ।
मुस्लिम अगुवा फैयाज अंसारीले बजार क्षेत्रमा आयोजना गरिएको तबरुख वितरण कार्यक्रममा मुस्लिम र हिन्दु समुदायका गरी २ हजार भन्दा बढी सर्वसाधारण सहभागी भई प्रसाद ग्रहण गरेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ