News Category 2080/12/29
किसानको विद्युत् महसुल छिन्नमस्ता गाउँपालिकाले तिर्ने
दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाले गाउँपालिका भित्रका किसानहरूको सिंचाइको विद्युत् महसुल तिर्ने भएको छ ।
कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले यो अवधारण ल्याएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिएका छन् ।
कृषि उत्पादन बढाउनका लागि कृषि विद्युतीकरण कार्यक्रम अन्तर्गत खेत खेतमा गाउँपालिकाले सिँचाइ सुविधा पनि पु¥याउने निर्णय गरेको उनको भनाई छ ।
.jpeg)
गत वर्ष असार ७ गते सम्पन्न १० औँ गाउँसभा बैठकबाट किसानले खेत सिँचाइ गर्दा उठेको महसुल पचास प्रतिशत गाउँपालिकाले तिरिदिने निर्णय गरिएको उनले बताए ।
उनले यस निर्णयबाट सम्पूर्ण किसान लाभान्वित हुने अपेक्षा गरेको भन्दै कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले साथै खेतिप्रति किसानको आकर्षणसमेत बढ्ने अध्यक्ष चौधरीले विश्वास लिएका छन् ।
यस पालिकामा ४० हजार जनसंख्या रहेकोमा ९५ प्रतिशत व्यक्ति कृषि पेसामा आबद्ध छन् । तर, सिँचाइको अन्य विकल्प नहुँदा किसानले डिजेलबाट चल्ने पम्पसेटबाट खेती सिँचाइ गर्दै आएका थिए । यसरी सिँचाइ गर्दा महँगो पर्न जाने किसानको गुनासो रहँदै आएको थियो ।
यसअघि जिल्लाको रुपनी र विष्णुपुर गाउँपालिका तथा हनुमाननगर कंकालिनी नगरपालिका समेतले किसानहरुको कृषि सिंचाई वापतको बिद्युत महसुल तिर्ने निर्णय गरिसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ