News Category 2080/12/29
चालु आर्थिक बर्ष बित्नै लाग्दा जिससले सार्वजनिक ग¥यो नीति तथा कार्यक्रम
दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
चालु आ.ब. २०८०÷८१ बित्नै लाग्दा जिल्ला समन्वय समिति सप्तरीले बल्ल बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
चालु आ.ब. बित्न अब तीन महिना मात्र बाँकी रहँदा बिहीबार समितिले जिल्ला सभाको आयोजना गरि बजेट, नीति तथा कार्यक्रम सावर्जनिक गरेको हो ।
प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवले उद्घाटन गरेको जिल्ला सभामा जिल्ला समन्वय समितिका सभापति शिवनारायण साहले चालु आ.ब. २०८०÷८१ को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
सो अवसरमा उनले जिल्लास्थित संघीय तथा प्रादेशिक कार्यालय, गैरसरकारी संघ संस्था र पालिकाहरुसँग समन्वय गरि जिल्लाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको जिल्ला समन्वय समिति पछिल्लो समय अधिकार र आर्थिक रुपमा कमजोर भएको बताए ।
सभामा उनले आ.ब. २०८०÷८१ मा पूँजीगत तर्फ १ करोड ६५ लाख ६५ हजार ५ सय २९ रुँपैया र चालुतर्फ १ करोड ६३ लाख ५८ हजार गरि ३ करोड २९ लाख २३ हजार ५ सय २९ रुँपैयाको बजेट प्रस्तुत गरे । संघीय र प्रदेश सरकारबाट प्राप्त बजेट, आन्तरिक आम्दानी र दातृ निकाय एवं विभिन्न संघ संस्थाबाट उपलब्ध भएको श्रोत अनुमान विवरणको आधारमा बजेट नीति तथा कार्यक्रम तयार पारेको उनले बताए ।
नगर र गाउँपालिकाको समन्वय तथा जिल्ला सभाको सक्षम नेतृत्वबाट जिल्लामा सबै पालिकलाई सदरमुकामसँग जोड्न सडक बाटोको निर्माण गरिने प्रस्तुत बजेट, नीति तथा कार्यक्रमको पहिलो बुँदामा उल्लेख गरिएको छ ।
त्यस्तै एक पालिका, एक–एक सभागृह, बहुउद्देश्यीय कवर्ड हल र खेलमैदान निर्माण गर्न पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । कृषिजन्य उत्पादन सुरक्षित राख्न एक निर्वाचन क्षेत्र, एक सीत भण्डारको स्थापना, पाँच वर्षमुनीका बालबालिका, ६० वर्षमाथीका जेष्ठ नागरिक र अपाङता भएका व्यक्तिलाई आधारभुत स्वास्थ्य सेवा निशुल्कका लागि आवश्यक पहल गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादव, प्रदेश सांसद किरण कुमारी साह, सतिशकुमार सिंह, प्रमुख जिल्ला अधिकारी किरण थापाका साथै १८ वटै पालिकाका प्रमुखहरुले शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ