News Category 2080/12/29
चालु आर्थिक बर्ष बित्नै लाग्दा जिससले सार्वजनिक ग¥यो नीति तथा कार्यक्रम

दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
चालु आ.ब. २०८०÷८१ बित्नै लाग्दा जिल्ला समन्वय समिति सप्तरीले बल्ल बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
चालु आ.ब. बित्न अब तीन महिना मात्र बाँकी रहँदा बिहीबार समितिले जिल्ला सभाको आयोजना गरि बजेट, नीति तथा कार्यक्रम सावर्जनिक गरेको हो ।
प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवले उद्घाटन गरेको जिल्ला सभामा जिल्ला समन्वय समितिका सभापति शिवनारायण साहले चालु आ.ब. २०८०÷८१ को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
सो अवसरमा उनले जिल्लास्थित संघीय तथा प्रादेशिक कार्यालय, गैरसरकारी संघ संस्था र पालिकाहरुसँग समन्वय गरि जिल्लाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको जिल्ला समन्वय समिति पछिल्लो समय अधिकार र आर्थिक रुपमा कमजोर भएको बताए ।
सभामा उनले आ.ब. २०८०÷८१ मा पूँजीगत तर्फ १ करोड ६५ लाख ६५ हजार ५ सय २९ रुँपैया र चालुतर्फ १ करोड ६३ लाख ५८ हजार गरि ३ करोड २९ लाख २३ हजार ५ सय २९ रुँपैयाको बजेट प्रस्तुत गरे । संघीय र प्रदेश सरकारबाट प्राप्त बजेट, आन्तरिक आम्दानी र दातृ निकाय एवं विभिन्न संघ संस्थाबाट उपलब्ध भएको श्रोत अनुमान विवरणको आधारमा बजेट नीति तथा कार्यक्रम तयार पारेको उनले बताए ।
नगर र गाउँपालिकाको समन्वय तथा जिल्ला सभाको सक्षम नेतृत्वबाट जिल्लामा सबै पालिकलाई सदरमुकामसँग जोड्न सडक बाटोको निर्माण गरिने प्रस्तुत बजेट, नीति तथा कार्यक्रमको पहिलो बुँदामा उल्लेख गरिएको छ ।
त्यस्तै एक पालिका, एक–एक सभागृह, बहुउद्देश्यीय कवर्ड हल र खेलमैदान निर्माण गर्न पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । कृषिजन्य उत्पादन सुरक्षित राख्न एक निर्वाचन क्षेत्र, एक सीत भण्डारको स्थापना, पाँच वर्षमुनीका बालबालिका, ६० वर्षमाथीका जेष्ठ नागरिक र अपाङता भएका व्यक्तिलाई आधारभुत स्वास्थ्य सेवा निशुल्कका लागि आवश्यक पहल गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादव, प्रदेश सांसद किरण कुमारी साह, सतिशकुमार सिंह, प्रमुख जिल्ला अधिकारी किरण थापाका साथै १८ वटै पालिकाका प्रमुखहरुले शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/14 सरकारको गलत नीतिका कारण अहिलेको जल संकट आएको हो ः अध्यक्ष यादव
- 2082/04/14 कृषि बिश्वविद्यालयको पठनपाठन ठप्प, बिद्यार्थीहरूद्वारा आन्दोलन चर्काउने चेतावनी
- 2082/04/14 दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
- 2082/04/11 चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
- 2082/04/11 आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ