News Category 2080/12/30
कोशी नहरमा कार खस्दा एक बालकको मृत्यु, एकै परिवारका १० जना घाइते
दैनिक समाचारदाता
राजविराज, ३० चैत ।
बिहीबार साँझ आएको हावाहुरीको समयमा कोशी नहरमा कार अनियन्त्रित भई खस्दा एक बालकको मृत्यु भएको छ भने एकै परिवारका १० जना घाइते भएका छन् ।
इद पर्वको अवसर पारेर कोशी ब्यारेज घुम्न हिडेका प्रदेश३–०१–०२२च.१३५० नम्बरको कारमा सवार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १२ निवासी सल्मान अलीका ५ वर्षिय छोराको मृत्यु भएको हो ।
दुर्घटनामा अलीका ५ वर्षिय छोरा गम्भिर घाइते भई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषित गरेको प्रहरीको भनाई छ ।
यस्तै दुर्घटनामा सल्मान अली, उनका ४ वर्षिय कान्छो छोरा आशिक अलीसहित १० जना घाइते भएको र उनीहरुको बिराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सडकभन्दा करिब १२ फिट तल कोशी नहरमा खसेर कार दुर्घटनाग्रस्त भएको स्थानियहरुले बताएका छन् ।
प्रहरीका अनुसार कोशी ब्यारेज घुमेर घर फर्किदै गर्दा राती करिब ९ बजेतिर एक्कासी हावाहुरी चलेको बेला उक्त कार अनियन्त्रित भई हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ सकरदहीस्थित कोशी नहरमा खसेर दुर्घटना भएको हो ।
कारमा क्षमता भन्दा बढी भार भएकोले पनि चालकले नियन्त्रण गुमाउँदा सो दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
यता दुर्घटनाको खबर पाए लगत्तै पुगेको प्रहरी टोलीले घाइतेहरुको उद्दार गरि अस्पताल पु¥याएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ