News Category 2081/01/02
अधिकृत गुरुङ नयाँ वर्षमा कुचो बोकेर मन्दिर–मन्दिर
राजविराज÷राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङ नयाँ वर्षको सुरुवात मन्दिर सरसफाईबाट गरेका छन् ।
शनिबार एकाबिहान दुई जना सरसफाईकर्मीसहित हातमा कुचो बोकेर निस्केका उनी नगरको शनी, हनुमान र भगवती मन्दिर सरसफाई गर्दै नयाँ वर्षको शुरुवात गरेका हुन् ।
नयाँ वर्षको अवसरमा मन्दिरहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । तर, कतिपय मन्दिर परिसरमा सरसफाईको अभाव देखिएको खबर आएपछि सरसफाईमा सघाउन आफै खटिएको उनले सुनाए ।
मन्दिर परिसर र आसपास फालिएको फोहर सफा गरिएपछी पुजा गर्न आएका भक्तजन खुशी व्यक्त गर्दै उनलाई धन्यवाद दिएका छन् । छठपर्वका बेला पनि उनी नगरका विभिन्न जलाशय सरसफाईमा सफाइकर्मीसहित खटिएका थिए ।
नयाँ वर्षको सुरुवात मन्दिरको सरसफाईबाट सुरु गरेका उनले भने, “एकातिर मन्दिरको सरसफाईले भक्तजनलाई सहज हुन्छ भने अर्कोतिर आफूलाई पुण्य प्राप्ति हुने विश्वास जागृत हुन्छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ