News Category 2081/01/06
जग्गा कित्ताकाट प्रकृया सुरु गर्न माँग गर्दै ध्यानाकर्षण पत्र
दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
नक्सा सहित भू–उपयोग क्षेत्र वर्गीकरण सम्बन्धि प्रतिवेदन बुझाई सक्दा पनि जग्गा कित्ताकाट प्रकृया सुरु गर्न ढिलाई भएको भन्दै विहीवार भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवको नेतृत्वमा दुबै कार्यालयका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।
भू–उपयोग (पहिलो संसोशधन) नियमावली २०८० मा भू–उपयोग क्षेत्र तथा विवरण अधावधिक गर्नूृ पर्ने ब्यवस्था छ ।
यस्तै सोही ऐनमा सो मध्ये कुनै एक भु–उपयोग क्षेत्रको नक्शा वा विवरण अधावधिक गर्न बाँकि रहेता पनि वर्गीकरण भएको क्षेत्रमा यस नियमावलीको अधिनमा रही कित्ताकाट गर्न सकिने उल्लेख छ । तर, सो अनुसारको प्रकृया अघि बढाउन नापी र भूमिसुधार तथा मालपोत कार्यालयले ढिलाई गरे पछि ध्यानाकर्षण पत्र बुझाइएको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले बताए ।
उनले गाँउपालिका भित्र रहेको स्थानीयको आवश्यक्ता, नापी विभागबाट प्राप्त विवरण तथा भु–उपयोग क्षेत्र वर्गीकरण सम्बन्धि मापदण्ड २०८० लाई आधार लिई गाउँकार्य पालिकाबाट समेत निर्णय गरीएको पत्र सहित तत्काल कित्ताकाट सुरु गर्न ध्यानाकर्षण पत्र बुझाइएको उनले बताए ।
उनले गाउँपालिका क्षेत्र भित्रका कृषि, आवसिय, व्यवसायीक, औधोगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, पुरातात्विक महत्व लगायतका क्षेत्रको परार्मशदाता कम्पनी वियोङ्ग इमाजिलेशन कन्सट्रक्सन प्रा.लि.को सहयोगमा वर्गीकरण कार्य सकिएको र सोको प्रतिवेदन समेत बुझाएको लामो समय वितिसक्दा पनि जग्गा कित्ताकाट प्रकृया सुरु नहुदा समस्या भएको बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै सम्बन्धित कार्यालयका प्रमुखहरुले भू–उपयोग नियमावलीको परिधिमा रही छिट्टै जग्गा कित्ताकाट प्रकृया सूरु गर्ने आश्वासन दिएको रुपनी गाउँपालिकाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ