News Category 2081/01/06
सार्वजनिक बिदाका दिनहरुमा पनि नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी सम्बन्धी सेवा प्रवाह हुने
दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले २०८१ साल बैशाख महिनादेखी सार्वजनिक बिदाको दिनहरुमा पनि आफ्नो अतिआवश्यक सेवा प्रवाह गर्ने भएको छ ।
प्रशासकीय अधिकृत भिमराज बस्नेतद्वारा बिहीबार जारि सूचनामा २०८१ साल बैशाखदेखी चैतमसान्त सम्ममा विभिन्न १६ दिनको सार्वजनिक बिदामा नागरिकता सम्बन्धी, राष्ट्रिय परिचयपत्र सम्बन्धी र राहदानी सम्बन्धी सेवा प्रवाह गर्ने उल्लेख छ ।
जारि सूचना बैशाख ५ गते रामनवमी, जेठ १० गते चण्डी पूर्णिमा (बैशाख पुर्णि) बृद्ध जयन्ती, उभौली पर्व, जेठ १५ गते गणतन्त्र दिवस, भदौं ३ गते रक्षाबन्धन, भदौं १० गते श्रीकृष्ण जन्माष्टमी, असोज १७ गते घटस्थापना, मंसिर ३० गते धान्य पूर्णिमा, उधौली पर्व, योमरी पुन्हि (ज्यापु दिवस), पुस १० गते क्रिसमस डे, पुस १५ गते तमु ल्होसार, माघ १ गते माघी पर्व÷माघे संक्रान्ति, माघ १६ गते सहिद दिवस, माघ १७ गते सोनजम ल्होसार, फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस, फागुन १४ गते महाशिवरात्री, फागुन १६ गते ग्याल्पो ल्होसार र मिति निर्धारण नभएको ईद र बकर ईद पर्वमा ती तीनै वटा सेवाहरु प्रवाह हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ