News Category 2081/01/07
राससले पायो लालपुर्जा
दैनिक समाचारदाता
राजविराज, ७ बैशाख ।
राष्ट्रिय समाचार समिति (रासस) को राजविराजस्थित कार्यालयले शुक्रबार जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेको छ ।
सञ्चार सम्बन्धी गतिविधि गर्दे आएको राससको राजविराज ३ मा शाखा कार्यालय रहेको छ । दुई कठ्ठा दुई धुर जग्गामा राससको चारकोठे भवनमा विगत तीन दशकदेखि कार्यालय सञ्चालन हुँदै आएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी किरण थापाले राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई जग्गाधनी दर्ताको प्रमाण पुर्जा हस्तान्तरण गरे ।
जग्गा धनी प्रमाण पुर्जा बुझ्दै राससका कार्यकारी अध्यक्ष झाले ढिलो भएपनि राससको आफ्नै कार्यालय भवनका लागि जग्गा उपलब्धमा सहयोग गर्ने सबै व्यक्ति र निकाय धन्यवादको पात्र रहेको बताए ।
लालपुर्जा हस्तान्तरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सप्तरीका शाखा अधिकृत भिमराव बस्नेत, रासस सप्तरीका प्रमुख शम्भु प्रसाद यादव, राससकर्मी अरुण यादव, नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य मनोज कुमार माझीको पनि उपस्थिति रहेको थियो ।
बि.स. २०६५ साल आसार १३ गते तत्कालिन प्रमुख जिल्ला अधिकारी रामप्रसाद घिमिरेको अध्यक्षतामा रहेको भोगाधिकार समिति (स्थानिय सिफारिश समिति) ले उक्त जग्गा रासस कार्यालयलाई उपलब्ध गराउने गरी सम्पूर्ण प्रक्रिया पुरा गरी भूमि सुधार व्यवस्था विभागमा पत्राचार गरेको थियो ।
विभागले २०६६ पौष ३० गते राससको नाममा उक्त जग्गाको जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराई सहयोग गरिदिने व्यवस्थाका लागि नापी कार्यालय शाखा राजविराजलाई पत्राचार गरेको थियो । तर, प्रक्रिया लम्बिदा पत्राचार भएको झण्डै १५ बर्षपछि रासस कार्यालयले जग्गा धनी प्रमाण पुर्जा प्राप्त गरेको हो ।
राससका कार्यकारी अध्यक्ष झा शुक्रबार नै राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीन संग पनि भेटघाट गर्दै राजविराजस्थित रासस कार्यालयको जिर्ण भवन मर्मत सम्भारमा सघाउन आग्रह गरेका छन् ।
उनले सञ्चार क्षेत्रमा राससको भूमिका, महत्व र वर्तमान समयमा भोग्नु परिरहेको समस्याबारे विस्तृत जानकारी गराउँदै स्थायिन सरकारको हैसियतले नगरपालिकाबाट गर्न सकिने सहयोग बारे छलफल समेत गरेका छन् ।
सो क्रममा कार्यवाहक नगरप्रमुख परवीनले आफूले नगरपालिकाको साधन श्रोतले भ्याएसम्म सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ