News Category 2081/01/07
सरोकारबाला एकजुट भए बालविवाह चाडै नियन्त्रणमा आउछ ः जिसस प्रमुख साह
दैनिक समाचारदाता
राजविराज, ७ बैशाख ।
बालविवाह विरुद्धको जिल्ला स्तरीय कार्यशाला गोष्ठी शुक्रवार राजविराजमा सम्पन्न भएको छ । जिल्लाको १८ वटै पालिकाका जनप्रतिनिधि, महिला विकास अधिकृत र सरोकारबालाहरुको सहभागितमा सो गोष्ठि सम्पन्न भएको हो ।
गोष्ठिमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहले बाल बिवाहलाई न्युनीकरण गर्नसके समाजको लागी ठूलो उपलब्धी हुने बताए । उनले विगतको भन्दा अहिले बालबिवाह केही कम हुने गरेको तर, पूर्ण रुपमा बन्द नभएको प्रति चिन्ता व्यक्त गर्दै सबै सरोकारबाला एकजुट भए बालविवाह चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गरे ।
बालविवाहलाई निरुत्साहित गर्न बालबालिकाहरुलाई अनिवार्य रुपमा शिक्षित बनाउन आवश्यक रहेकोले त्यतातिर पनि सबैले ध्यान दिनुपर्ने साहले बताए ।
गैर सरकारी संस्था महासंघ नेपाल शाखा सप्तरीका अध्यक्ष बलदेव मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद् मधेश प्रदेशका प्रदेश समन्वय अधिकृत संजिव महतोले बाल बिवाहबाट हुने असर र यसबाट पर्ने नकारात्मक प्रभाव तथा कानुनी व्यवस्थाबारे सहभागीहरुलाई जानकारी गराए ।
सन् २०३० सम्म बालबिवाह न्युनीकरण गर्ने लक्ष्य नेपाल सरकारको रहेको जानकारी गराउँदै महतोले त्यही विषयमा सहभागीहरुसँग छलफल भएको जानकारी दिए ।
सेभ द चिल्ड्रेन, जिल्ला समन्वय समिति सप्तरी, सवल नेपालको सहयोगमा गैर सरकारी संस्था महासंघ नेपाल शाखा सप्तरीले आयोजना गरेको कार्यक्रममा जिल्लाका १८ वटै पालिकाका उपप्रमुख र महिला विकास अधिकृत सहित ६५ जना सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ