News Category 2081/01/07
सरोकारबाला एकजुट भए बालविवाह चाडै नियन्त्रणमा आउछ ः जिसस प्रमुख साह
दैनिक समाचारदाता
राजविराज, ७ बैशाख ।
बालविवाह विरुद्धको जिल्ला स्तरीय कार्यशाला गोष्ठी शुक्रवार राजविराजमा सम्पन्न भएको छ । जिल्लाको १८ वटै पालिकाका जनप्रतिनिधि, महिला विकास अधिकृत र सरोकारबालाहरुको सहभागितमा सो गोष्ठि सम्पन्न भएको हो ।
गोष्ठिमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहले बाल बिवाहलाई न्युनीकरण गर्नसके समाजको लागी ठूलो उपलब्धी हुने बताए । उनले विगतको भन्दा अहिले बालबिवाह केही कम हुने गरेको तर, पूर्ण रुपमा बन्द नभएको प्रति चिन्ता व्यक्त गर्दै सबै सरोकारबाला एकजुट भए बालविवाह चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गरे ।
बालविवाहलाई निरुत्साहित गर्न बालबालिकाहरुलाई अनिवार्य रुपमा शिक्षित बनाउन आवश्यक रहेकोले त्यतातिर पनि सबैले ध्यान दिनुपर्ने साहले बताए ।
गैर सरकारी संस्था महासंघ नेपाल शाखा सप्तरीका अध्यक्ष बलदेव मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद् मधेश प्रदेशका प्रदेश समन्वय अधिकृत संजिव महतोले बाल बिवाहबाट हुने असर र यसबाट पर्ने नकारात्मक प्रभाव तथा कानुनी व्यवस्थाबारे सहभागीहरुलाई जानकारी गराए ।
सन् २०३० सम्म बालबिवाह न्युनीकरण गर्ने लक्ष्य नेपाल सरकारको रहेको जानकारी गराउँदै महतोले त्यही विषयमा सहभागीहरुसँग छलफल भएको जानकारी दिए ।
सेभ द चिल्ड्रेन, जिल्ला समन्वय समिति सप्तरी, सवल नेपालको सहयोगमा गैर सरकारी संस्था महासंघ नेपाल शाखा सप्तरीले आयोजना गरेको कार्यक्रममा जिल्लाका १८ वटै पालिकाका उपप्रमुख र महिला विकास अधिकृत सहित ६५ जना सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ