News Category 2081/01/10
जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
दैनिक समाचारदाता
राजविराज, ९ बैशाख ।
जैन धर्मका अनुयायीहरुले श्रमण भगवान महाविरको जन्मयन्ति विविध कायक्रमको आयोजना गरी मनाएका छन् ।
आईतवार जन्मकल्याण महोत्सत्व अन्तर्गत प्रभातफेरी र प्रवचन कार्यक्रमको आयोजना गरी भगवान महाविरको २६३ औं जन्मजयन्ति मनाइएको छ ।
जैन श्वेताम्बर तेरापंथी सभा, तेरापंथी यूवक परिषद र तेरापंथी महिला मण्डलको संयुक्त अगुवाईमा स्थानीय गजेन्द्र चौकबाट सूरु भएको प्रभातफेरी नगरपरिक्रमा गर्दै तेरापंथ भवनमा आएर प्रवचन र प्रार्थना कार्यक्रममा परिणत भएको थियो ।
आर्चाय श्री महाश्रमणको शुशिष्या साधवी श्री स्वर्ण रेखाको विषेश उपस्थितीमा आयोजित कार्यक्रममा जैन श्वेताम्बर तेरापंथी सभाका महामन्त्री मनिष दुगड, तेरापंथ महिला मण्डलकी अध्यक्ष पुनिला गोल्छा, तेरापंथ यूवक परिषदका अध्यक्ष गौरव छाजेड, जैन श्वेताम्बर तेरापंथी सभाका निर्वतमान अध्यक्ष थानसिह भन्साली लगायतले भगवान महाविरले देखाएको सत्य र अहिंशाको मार्गमा सबै हिड्नु पर्नेमा जोड दिए ।
उनीहरुले भगवान महाविर आफनो जीवनको सम्पुर्ण लक्ष्य समाज सुधार, सत्य विचार र व्यवहारिक धर्मको प्रचार प्रसारमा केन्द्रित गरेको भन्दै सबैले यसबाट पाठ सिक्नु पर्ने बताएका थिए ।
कार्यक्रममा जैन धर्मावलम्बी माडवारी समुदायका महिला÷पुरुष र बालबालिकाको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ