News Category 2081/01/10
जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
दैनिक समाचारदाता
राजविराज, ९ बैशाख ।
जैन धर्मका अनुयायीहरुले श्रमण भगवान महाविरको जन्मयन्ति विविध कायक्रमको आयोजना गरी मनाएका छन् ।
आईतवार जन्मकल्याण महोत्सत्व अन्तर्गत प्रभातफेरी र प्रवचन कार्यक्रमको आयोजना गरी भगवान महाविरको २६३ औं जन्मजयन्ति मनाइएको छ ।
जैन श्वेताम्बर तेरापंथी सभा, तेरापंथी यूवक परिषद र तेरापंथी महिला मण्डलको संयुक्त अगुवाईमा स्थानीय गजेन्द्र चौकबाट सूरु भएको प्रभातफेरी नगरपरिक्रमा गर्दै तेरापंथ भवनमा आएर प्रवचन र प्रार्थना कार्यक्रममा परिणत भएको थियो ।
आर्चाय श्री महाश्रमणको शुशिष्या साधवी श्री स्वर्ण रेखाको विषेश उपस्थितीमा आयोजित कार्यक्रममा जैन श्वेताम्बर तेरापंथी सभाका महामन्त्री मनिष दुगड, तेरापंथ महिला मण्डलकी अध्यक्ष पुनिला गोल्छा, तेरापंथ यूवक परिषदका अध्यक्ष गौरव छाजेड, जैन श्वेताम्बर तेरापंथी सभाका निर्वतमान अध्यक्ष थानसिह भन्साली लगायतले भगवान महाविरले देखाएको सत्य र अहिंशाको मार्गमा सबै हिड्नु पर्नेमा जोड दिए ।
उनीहरुले भगवान महाविर आफनो जीवनको सम्पुर्ण लक्ष्य समाज सुधार, सत्य विचार र व्यवहारिक धर्मको प्रचार प्रसारमा केन्द्रित गरेको भन्दै सबैले यसबाट पाठ सिक्नु पर्ने बताएका थिए ।
कार्यक्रममा जैन धर्मावलम्बी माडवारी समुदायका महिला÷पुरुष र बालबालिकाको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ