News Category 2081/01/10
सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो
दैनिक समाचारदाता
राजविराज, ९ बैशाख ।
सप्तरीको कञ्चनरुप नगरपालिका ५ परेमारामा आइतवार दिउँसो भिषण आगलागि भएको छ । सो आगलागिमा १२ परिवारको २४ घर जलेर खरानी भएको छ ।
परेमारास्थित लालमोहन सरदारको गाई गोठमा बालिएको चुल्होबाट दिउँसो ३ बजेतिर सल्केको आगो समयमा नियन्त्रण गर्न नसक्दा १२ परिवारको २४ घर नष्ट भएका छन् भने लाखौंको धनमाल जलेको छ ।
यो सँगै यो वस्तीमा छैठो पटक आगलगीको घटना भएको हो । यसअघि २०७६, २०७७, २०७८, २०७९ र २०८० मा समेत यो बस्तीमा आगलगीको घटना भएको स्थानीयहरुले बताएका छन् ।
आगोले लालमोहन सरदार, आशा सरदार, लालबहादुर सरदार, विजली सरदार, त्रिभुवन सरदार, सुधिर सरदार, बिर बहादुर सरदार, रामबहादुर सरदार, श्यामबहादुर सरदार, समुन्द्री सरदार, करण चौधरी लगायत १२ परिवारलाई बेघर बनाएको छ ।
आगलगीमा उनीहरुका २४ भन्दा बढी घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डीराज न्योपानेले जानकारी दिए ।
आगलगीमा परेका केही टिनका छाना भएका तथा फुँस र काठबाट बनेका घरहरु छन् । आगलगी पीडितहरु अहिले बाँसको पाल लगाएर बसेको भएपनि दिउँसैदेखि चलेको हावाहुरीले कतिपयको पाल उडाएपछि उनीहरुको व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक पहल थालेको कञ्चनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ताले बताए ।
आगो दुई घण्टाको प्रयासपछि नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा लिन कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र मधेश प्रदेश प्रहरी तालिम केन्द्रको वारुण यन्त्रका साथै प्रहरी र स्थानीयवासी सक्रिय थिए ।
आगलगीमा २ वटा चौपाया समेत जलेको प्रहरीले जानकारी दिएको छ । आगलगीमा करिब २४ लाख ५० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता न्यौपानेले बताए ।
आगलगीको खबर पाए लगतै पुगेका कञ्चनरुप नगरपालिकाका मेयर गुप्ता, प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाल प्रहरीका प्रहरी उपरिक्षक गज्जुसिद्धि बज्राचार्य लगायतले अग्नि पिडितहरुसँग भेटी उनीहरुको व्यवस्थापनका लागि पहल थालेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ