News Category 2081/01/12
हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश
दैनिक समाचारदाता
राजविराज, १२ वैशाख ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले हातहतियार राख्न इजाजत पत्र लिएका व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र इजाजत पत्रसहित कार्यालयमा अनिवार्य रुपमा उपस्थित हुन सूचना जारि गर्दै आदेश गरेको छ ।
जिप्रका सप्तरीका प्रशासकीय अधिकृत भिमराज बस्नेतद्वारा बुधबार जारि सूचनामा विभिन्न मितिमा हातहतियार राख्न इजाजत पत्र प्राप्त व्यक्ति÷संघसंस्थाहरुले नियमानुसार नवीकरण गर्नुपर्नेमा कतिपय इजाजत प्राप्त व्यक्ति÷संस्थाले नवीकरण गराएको अभिलेखबाट नदेखिएको हुँदा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र इजाजत पत्रसहित कार्यालयमा अनिवार्य रुपमा उपस्थित हुन भनिएको छ ।
जारि सूचनामा इजाजत पत्र प्राप्त हातहतियार सम्बन्धित व्यक्तिले आफ्नो साथ मात्र राख्ने, हातिहतियारको अनाधिकृत प्रयोग हुन गर्न नदिने, नवीकरण गरिएका हातहतियार सम्बन्धित जिल्ला बाहेक अन्यत्र नलैजाने उल्लेख छ ।
त्यस्तै इजाजत पत्रको नवीकरण अवधी पाँच वर्ष ननाघेका इजाजत पत्रवालाहरुले आफ्नो हातहतियार र इजाजत पत्रसहित नजिकको इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाई भरपाई लिन आग्रह गरिएको छ ।
सोही सूचनामा शर्तहरु पालना नगर्नेलाई प्रचलित कानुन बमोजिम कारवाही हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ