News Category 2081/01/12
हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश
दैनिक समाचारदाता
राजविराज, १२ वैशाख ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले हातहतियार राख्न इजाजत पत्र लिएका व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र इजाजत पत्रसहित कार्यालयमा अनिवार्य रुपमा उपस्थित हुन सूचना जारि गर्दै आदेश गरेको छ ।
जिप्रका सप्तरीका प्रशासकीय अधिकृत भिमराज बस्नेतद्वारा बुधबार जारि सूचनामा विभिन्न मितिमा हातहतियार राख्न इजाजत पत्र प्राप्त व्यक्ति÷संघसंस्थाहरुले नियमानुसार नवीकरण गर्नुपर्नेमा कतिपय इजाजत प्राप्त व्यक्ति÷संस्थाले नवीकरण गराएको अभिलेखबाट नदेखिएको हुँदा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र इजाजत पत्रसहित कार्यालयमा अनिवार्य रुपमा उपस्थित हुन भनिएको छ ।
जारि सूचनामा इजाजत पत्र प्राप्त हातहतियार सम्बन्धित व्यक्तिले आफ्नो साथ मात्र राख्ने, हातिहतियारको अनाधिकृत प्रयोग हुन गर्न नदिने, नवीकरण गरिएका हातहतियार सम्बन्धित जिल्ला बाहेक अन्यत्र नलैजाने उल्लेख छ ।
त्यस्तै इजाजत पत्रको नवीकरण अवधी पाँच वर्ष ननाघेका इजाजत पत्रवालाहरुले आफ्नो हातहतियार र इजाजत पत्रसहित नजिकको इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाई भरपाई लिन आग्रह गरिएको छ ।
सोही सूचनामा शर्तहरु पालना नगर्नेलाई प्रचलित कानुन बमोजिम कारवाही हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ