News Category 2081/01/14
सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
दैनिक समाचारदाता
राजविराज, १३ बैशाख ।
सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको सात सदस्यीय तदर्थ समिति बिहीबार गठन भएको छ ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमको अध्यक्षता राजविराजमा भएको भेलाले शिव यादवको अध्यक्षतामा तदर्थ समिति गठन भएको हो ।
समितिका सदस्यहरुमा मनोजकुमार शाह, मो.अकबर हुसेन, प्रकाशकुमार शाही, अशोक चौधरी, पारश शाह र आकाश आदर्श सर्वसम्मतले चयन भएका छन् । त्यस्तै, समितिका सल्लाहकारहरुमा शैलेश चौधरी, अरुणकुमार प्रधान, लालबाबु अग्रवाल र मनोजकुमार मुन्धडा चयन भएका हुन् ।
उक्त समितिलाई कार्यालय सञ्चालन गर्नका लागि सप्तरी उद्योग वाणिज्य संघले एउटा कोठा र २५ हजार रुपैयाँ र कार्यालय सञ्चालन र दर्ता प्रक्रियाका लागि महासंघका प्रदेश अध्यक्ष गौतमले ११ हजार रुपैयाँ सहयोग गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य एवम् सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष पूर्व अध्यक्ष अरुणकुमार प्रधान, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालबाबु अग्रवाल, पूर्व अध्यक्ष मनोजकुमार मुन्धडा, नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष गौतम, वरिष्ठ उपाध्यक्ष विष्णु शाह, महासचिव बैकुण्ठ सापकोटा, कोषाध्यक्ष दानबहादुर थापा लगायतकाले समितिका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिएका थिए ।
उक्त भेलामा सप्तरी उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गानन्द प्रसाद साह, नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका सल्लाहकार मोहन शर्मा लामिछाने, सदस्य अन्जु न्यौपाने भूजेल, पदेन सदस्य सिरहाका अध्यक्ष रामकुमार गुप्ता, पदेन सदस्य कोषाध्यक्ष अन्जु न्यौपाने लगायत सप्तरीका होटल व्यवसायीहरुको सहभागीता थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ