News Category 2081/01/15
पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग
दैनिक समाचारदाता
राजविराज, १४ बैशाख ।
सप्तरीको कञ्चनरुप नगरपालिका ५ पडेमाराका अग्निपीडित परिवारलाई मधेश प्रदेशका गृह, संचार तथा कानुन मन्त्रि राजकुमार लेखीले आर्थिक सहयोग गरेका छन् ।
गत आइतवार दिउँसो भिषण आगलागि भएपछि स्थानिय १६ परिवारको २४ घर जल्दा उनीहरु घरवारबिहीन भएका थिए ।
अग्नी पीडितहरुको समस्या बुझ्न शुक्रबार पडेमारा पुगेको मन्त्रि लेखी नेतृत्वको टोलीले भेटघाट गर्दै प्रतिपरिवार १० हजारको दरले आर्थिक सहयोग गरेका हुन् ।
मन्त्री लेखीले घटना बारे जानकारी लिदै मन्त्रालयको तर्फबाट प्रत्येक परिवारलाई १० हजारका दरले आर्थिक सहयोग गरेको भकस्उनको सचिवालयले जनाएको छ ।
सोही क्रममा उनले प्रदेश सरकारबाट हुन सक्ने थप सहयोगको लागि अविलम्ब पहल गर्ने प्रतिबद्धता जनाउँदै आगलागीका घटना हुन नदिन सतर्कता अपनाउन स्थानियसँग अनुरोध समेत गरे ।
सो अवसरमा एमाले नेता सुमनराज प्याकुरेल, प्रदेश सदस्य एवम् कन्चनरुप नगरपालिकाका पुर्व मेयर वसन्त मिश्रालगायतका स्थानीय जनप्रतिनिधिहरु विभिन्न पार्टीका नेताकार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।
स्थानिय लालमोहन सरदारको गाई गोठमा बालिएको चुल्होबाट गत आइतबार दिउँसो ३ बजेतिर सल्केको आगो समयमा नियन्त्रण गर्न नसक्दा १६ परिवारको २४ घर नष्ट भएको थियो । आगलागीमा लालमोहन सरदारको ४, बिजुली सरदारको ३, आशा सरदार, लालबहादुर सरदार, सुधीर सरदार, बिरबहादुर सरदार, श्यामबहादुर सरदार, रामबहादुर सरदार, बुटु सरदारको दुइ÷दुइ वटा तथा त्रिभुवन सरदार, करण चौधरी, समुन्द्री सरदारको एक÷एक वटा गरि २४ वटा घर जलेका थिए ।
आगलगीमा २ वटा चौपाया समेत जलेको प्रहरीले जानकारी दिएको छ । आगलगीमा करिब २४ लाख ५० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता न्यौपानेले बताएका छन् ।
यसअघि सोही बस्तीमा २०७६, २०७७, २०७८, २०७९ र २०८० मा समेत आगलगीका घटना भएको स्थानीयहरुले बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ