News Category 2081/01/15
पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग
दैनिक समाचारदाता
राजविराज, १४ बैशाख ।
सप्तरीको कञ्चनरुप नगरपालिका ५ पडेमाराका अग्निपीडित परिवारलाई मधेश प्रदेशका गृह, संचार तथा कानुन मन्त्रि राजकुमार लेखीले आर्थिक सहयोग गरेका छन् ।
गत आइतवार दिउँसो भिषण आगलागि भएपछि स्थानिय १६ परिवारको २४ घर जल्दा उनीहरु घरवारबिहीन भएका थिए ।
अग्नी पीडितहरुको समस्या बुझ्न शुक्रबार पडेमारा पुगेको मन्त्रि लेखी नेतृत्वको टोलीले भेटघाट गर्दै प्रतिपरिवार १० हजारको दरले आर्थिक सहयोग गरेका हुन् ।
मन्त्री लेखीले घटना बारे जानकारी लिदै मन्त्रालयको तर्फबाट प्रत्येक परिवारलाई १० हजारका दरले आर्थिक सहयोग गरेको भकस्उनको सचिवालयले जनाएको छ ।
सोही क्रममा उनले प्रदेश सरकारबाट हुन सक्ने थप सहयोगको लागि अविलम्ब पहल गर्ने प्रतिबद्धता जनाउँदै आगलागीका घटना हुन नदिन सतर्कता अपनाउन स्थानियसँग अनुरोध समेत गरे ।
सो अवसरमा एमाले नेता सुमनराज प्याकुरेल, प्रदेश सदस्य एवम् कन्चनरुप नगरपालिकाका पुर्व मेयर वसन्त मिश्रालगायतका स्थानीय जनप्रतिनिधिहरु विभिन्न पार्टीका नेताकार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।
स्थानिय लालमोहन सरदारको गाई गोठमा बालिएको चुल्होबाट गत आइतबार दिउँसो ३ बजेतिर सल्केको आगो समयमा नियन्त्रण गर्न नसक्दा १६ परिवारको २४ घर नष्ट भएको थियो । आगलागीमा लालमोहन सरदारको ४, बिजुली सरदारको ३, आशा सरदार, लालबहादुर सरदार, सुधीर सरदार, बिरबहादुर सरदार, श्यामबहादुर सरदार, रामबहादुर सरदार, बुटु सरदारको दुइ÷दुइ वटा तथा त्रिभुवन सरदार, करण चौधरी, समुन्द्री सरदारको एक÷एक वटा गरि २४ वटा घर जलेका थिए ।
आगलगीमा २ वटा चौपाया समेत जलेको प्रहरीले जानकारी दिएको छ । आगलगीमा करिब २४ लाख ५० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता न्यौपानेले बताएका छन् ।
यसअघि सोही बस्तीमा २०७६, २०७७, २०७८, २०७९ र २०८० मा समेत आगलगीका घटना भएको स्थानीयहरुले बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ