News Category 2081/01/17
जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन
दैनिक समाचारदाता
राजविराज, १७ बैशाख ।
राजविराज जेसिजले वातावरण संरक्षण तथा जेसिज अभियानलाई समाजमा स्थापित गर्ने उद्देश्यले वृक्षारोपण गरेको छ ।
जेसिजको कार्यालय परिसरमै सोमबार आयोजित कार्यक्रममा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन समेत गरिएको छ ।
संयोजक सौरभ सिंहको संयोजनमा बृक्षरोपन कार्यक्रम पश्चात् राजविराज जेसीजले २०८१ सालको भित्तेपात्रो विमोचन गरेको हो ।
राजविराज जेसीज वर्ष २०२४ का अध्यक्ष विप्लव आनन्द, पूर्व अध्यक्षहरू तथा राजविराज जेसीज २०२४ का कार्यसमितिद्वारा सामूहिक रुपमा भित्तेपात्रो विमोचन गरिएको थियो ।
अध्यक्ष जेसी विप्लव आनन्दले जेसीजको मूलमन्त्र अनुसार नेतृत्व र व्यक्तित्व अनुसार आफूलाई अग्रसर बनाउनुपर्नेमा जोड दिए ।
यस्तै वर्ष २०१३ का अध्यक्ष मनोहर पोखरेलले युवाहरूको नेतृत्व र क्षमता विकासको लागि जेसिजको भुमिका महत्वपूर्ण रहेको भन्दै राजविराज जेसीजको संस्थागत विकासको लागि यस किसिमका कार्यक्रमले जेसीजको बारेमा युवाहरूलाई अकार्षित गर्ने बताए ।
उनले वर्तमान विश्व जलवायु परिवर्तनको समस्यालाई लिएर चिन्तित बनिरहेको बेला वृक्षारोपण कार्यले कार्बनडाइअक्साइड उत्सर्जन रोक्न मद्दत पुग्ने तर्क दिए ।
महासचिव पंकज कुमार देवद्वारा सञ्चालित कार्यक्रममा जेसीआई राजविराजका पूर्वअध्यक्ष, जेसीआई राजविराज २०२४ का कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ