News Category 2081/01/18
श्री ठाकुर बाबा दह, लोहजारा घोषणा पत्र जारि
दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको बैशाख १६ गते सम्पन्न जिल्ला अधिवेशनले पाँच बुँदे घोषण पत्र जारि गरेको छ ।
श्री ठाकुरबाबा दह, लोहजारा तिरहुत गाउँपालिका ५ मा भएको जिल्ला अधिवेशनले सो पाँच बुँदे समसामायिक “श्री ठाकुर बाबा दह, लोहजारा” घोषणा पत्र जारी गरिएको हो ।
महासंघका सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा पत्रकारहरुको भौतिक र पेशागत सुरक्षाका लागि गम्भीर बन्न सरकार र नियमनकारी निकायहरुलाई अधिवेशनले आग्रह गर्नुका साथै पेशाबाट पलायन हुने अवस्थालाई रोक्न र स्वरोजगारमूलक पत्रिकालाई संरक्षण गर्न तीनै तहका सरकारससँग माग गरेको छ ।
यस्तै सरकारले दिदैं आएको लोककल्याणकारी बिज्ञापनको दररेट वृद्धि गरी कायम गर्न माग गर्दै अधिवेशन प्रदेश सरकारको आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिललाई सक्षम र सवल बनाई पत्रकारिता विकासका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेका छ ।
ऐतिहासिक, धार्मिक र पुरातात्विक सम्पदाको रुपमा रहेको तिरहुत गाउँपालिका स्थित बनसखण्डी बाबा र ठाकुर बाबा दह रहेको स्थानको सर्वाङ्गिण विकासका लागि सरोकारबाला निकायहरुसँग जोड्दार माग गर्दै प्रसिद्ध स्थलहरुसम्म पुग्न सडक निर्माण सँगै अन्य पूर्वाधार विकासका लागि ध्यानाकर्षण गराइएको छ । साथै बनसखण्डी बाबा र ठाकुर बाबा दहको प्रचार–प्रसारमा आवश्यक सक्रियता देखाउन सम्पूर्ण सञ्चारकर्मीलाई आग्रह गरिएको छ ।
घोषणा पत्रमा नेपाल पत्रकार महासंघ, शाखा सप्तरीको एघारौं अधिवेशन भव्यताका साथ सम्पन्न गर्न आर्थिक, भौतिक, प्रत्यक्ष र परोक्ष सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्दै एघारौं अधिवेशन सभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने केन्द्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधि र सम्पूर्ण सभासदलाई शाखा सप्तरी हार्दिक धन्यवाद ज्ञापन गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ