News Category 2081/01/18
चिम्टीमा भिषण आगलागि, करिब दुई सय घर खरानी
दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ चिम्टीमा मंगलबार दिउँसो भिषण आगलागि भएको छ । दिउँसो करिब ३ बजेतिर हावाहुरी चलेको बेला भएको उक्त भिषण आगलागिमा करिब २ सय घर जलेर खरानी भएको छ ।
गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डलका अनुसार आगलागिले मुसहरी र यादव टोलमा क्षति भएको छ । समयमा नियन्त्रणको उपाय हुन नसक्दा ६७ परिवारको २ सय घर खरानी भएको उनको भनाई छ ।

स्थानीय शत्रुघन यादवको गाइगोठमा राखेको परालको थुप्रोबाट सल्किएको आगोले २ सय घर जलेको अध्यक्ष मण्डलले जानकारी दिए ।
आगलागिमा शत्रुघन यादवका साथै छिमेकी गणेशी यादव, उपेन्द्र यादव, कौशल्यादेवी यादव, रामदेव यादव, सुकदेव यादव, नथुनी यादव, सचेन्द्र यादव, रन्जित यादव, सुभाष यादव, गोपाल यादव, रामदेव सदालगायत ६७ परिवारको घर नष्ट भएका छन् भने दुई करोड भन्दा बढीको धनमाल जलेको छ ।

आगलगीमा परेका केही टिनका छाना भएका तथा फुँस र काठबाट बनेका घरहरु छन् । आगलागि पीडितहरु अहिले पाल लगाएर नजिकैको खेतमा बसेका छन् ।
आगो नियन्त्रणमा लिन कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी, शम्भुनाथ नगरपालिकाको वारुण यन्त्रका साथै प्रहरी, स्थानीयवासी, सेना समेत खटेको स्थानीयले जानकारी दिएका छन् ।

आगलगीमा २ दर्जन चौपाया, ट्रयाक्टर, थ्रेसर समेत जलेको प्रहरीले जानकारी दिएको छ । आगलगीमा २ करोड भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिए पनि चार घण्टाको प्रयासले समेत आगलागि पूर्ण नियन्त्रणमा नआइसकेका कारण आगो निभाउने प्रयास साँझ ६ः३० बजेसम्म पनि जारि रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गजुसिद्धि बज्राचार्यले बताए । आगलागि पूर्ण नियन्त्रणमा आइसकेपछि क्षतिको विवरण संकलन गरिने उनले जानकारी दिएका छन् ।
यसअघि सप्तरीको कंचनरुप नगरपालिका ५ पडेरामामा बैशाख ९ गते आगलागि हुँदा २४ घर जलेर नष्ट भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ