News Category 2081/01/19
९७ अग्नीपीडितको निःशुल्क उपचार
दैनिक समाचारदाता
राजविराज, १९ बैशाख ।
अग्निपीडित परिवारको बुधबार निःशुल्क प्राथमिक उपचार गरिएको छ ।
महादेवा गाउँपालिका १ स्थित स्वास्थ्य चौकी पकरीको टोलीले अग्नीपीडित परिवारलाई निःशुल्क प्राथमिक उपचार सेवा सुरु गरेको हो ।
आगलागी भएको घटना स्थलमै आयोजना गरिएको निःशुल्क उपचारका लागि चिकित्सक, स्वास्थ्यकर्मी तथा अनमीहरुको सहयोगमा उपचार थालिएको जनस्वास्थ्य निरिक्षक भोला कुमार यादवले जानकारी दिएका छन् ।
आगलागिका क्रममा आगोबाट पोलेर हात, खुटा र छाला जलेका चार जना घाइतेलाई उपचार गरिएको छ । साथै आगलागीको क्रममा सामान्य चोटपटक, अत्याधिक गर्मीका कारण हुने झाडापखालाका बिरामी र शरीरमा जलन हुने बढी बिरामीहरु उपचारका लागि आएको जनस्वास्थ्य निरिक्षक यादवले बताए । त्यस्तै बालबालिकाहरुको समेत उपचार गरि उनीहरुलाई निःशुल्क औषधी दिइएको छ ।
करिब ९७ जना ब्यक्तिको बुधबार उपचार गरिएको र अगामी वैशाख ३१ गतेसम्म आगलागी भएको क्षेत्रमा निःशुल्क उपचार जारी राखिने स्वास्थ्य चौकी पकरीका इन्चार्ज सि.अहेव उमेश यादवले जानकारी दिए ।
सि.अहेवा, स्वास्थ्य निरिक्षक र दुई जना अनमीसहित स्वास्थ्यकर्मीहरुको टोलीले उनीहरुको उपचार संलग्न छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ