News Category 2081/01/20
मोटरसाइकल र ठूलो मात्रामा लागुऔषधसहित पाँच जना पक्राउ
दैनिक समाचारदाता
राजविराज, २० बैशाख ।
सप्तरी प्रहरीले मोटरसाइकल र ठूलो मात्रामा लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।
राजबिराज ४ छिन्नमस्ता अस्पताल अगाडीबाट लागु औषध नियन्त्रण व्यूरो मधेश प्रदेश तथा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको विशेष टोलीले सुराकीको आधारमा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरको हो ।
पक्राउ पर्नेहरुमा जिल्लाको हनुमाननगर कंकालिनि १४ बस्ने ३५ वर्षका बिनोद कुमार यादव, तिलाठी कोईलाडी २ लौनिया बस्ने २६ वर्षका मो. नसुरुदि मन्सुरी, १९ वर्षका कुन्दन कुमार मण्डल, २५ वर्षका मो. सम्साद मन्सुरी र २२ वर्षका मिथलेश कुमार राम छन् ।
उनीहरुका साथबाट प्रहरीले लागुऔषध डाइजेपाम ५०० एम्पुल, लिजेसिल ५०० एम्पुल र फेनारगन ५०० एम्पुल बरामद गर्नुका साथै स.२प. ८६८२, म.प्र.०६–००१प.०५०८ र प्र.२–०१–००३ प.४४१७ नं को तीन वटा मोटरसाइकल समेत नियन्त्रण लिएको छ ।
सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई जिल्ला प्रहरी कार्यालयले अनुसन्धान कार्य गरिरहेको प्रहरी प्रवक्ता एवं डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ