News Category 2081/01/20
अग्निपीडितलाई निशुल्क खाना खुवाइदै, कर परामर्श सेवा केन्द्रद्वारा खाद्यान्न उपलब्ध
दैनिक समाचारदाता
राजविराज, २० बैशाख ।
सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ चिम्टीका अग्निपीडितहरुलाई विभिन्न संघ संस्थाले निशुल्क खाना खुवाउने व्यवस्था मिलाएका छन् ।
सप्तरी युथ नेपाल र नुर वेलफेयर सोसाइटी सप्तरीको संयुक्त आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियन मविव क्याम्पस राजविराज, मिसन कलेज र पदमा एण्ड टुरिजम बथनाहाको सहकार्यमा उक्त खाना खुवाउने व्यवस्था मिलाइएको हो ।
“दैनिक भोजन सेवा कार्यक्रम” संचालन गरि खाना खुवाउने व्यवस्था मिलाइएको सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन कुमार यादवले जानकारी दिएका छन् ।
सो कार्यक्रम अन्तरगत निरन्तर रुपमा बिहान र बेलुका निशुल्क खाना खुवाउने व्यवस्था मिलाइएको उनको भनाई छ ।
यसैबीच सोही स्थानमा जिल्ला प्रशासन कार्यालयद्वारा सहायत कक्ष समेत स्थापना गरिएको छ ।
यस्तै चिम्टी अग्निपीडितलाई कर परामर्श सेवा केन्द्र राजबिराज ३ ले खाद्यान्न उपलब्ध गरेको छ ।
परामर्श सेवा केन्द्रले अग्निपीडितका लागि एक सय किलो चामल, २५ किलो दाल, ५ लिटर खानेतेल, ५५ किलो विभिन्न तरकारीहरु, मसाला, ५० किलो तरभुजा, ४० किलो दही र २ण् कार्टुन पानी उपलब्ध गराएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ