News Category 2081/01/20
प्रदेश सरकारले अग्निपीडितका लागि आवास बनाइदिने ः मुख्यमन्त्री यादव
दैनिक समाचारदाता
राजविराज, २० बैशाख ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले महादेवा अग्निपीडितहरुका लागि प्रदेश सरकारले आवास बनाइदिने घोषणा गरेका छन् ।
बिहीबार अग्निपीडितहरुको अवस्था बुझ्न घटनास्थलको निरिक्षण गर्ने क्रममा उनले यस्तो घोषणा गरेका हुन् । घटनास्थल निरिक्षणको क्रममा अग्निपीडितहरूले मुख्यमन्त्री समक्ष आफ्नो दुखेसो पोखेका थिए ।
सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ चिम्टीमा मंगलबार भएको भिषण आगलागिमा सर्वस्व गुमाएका अग्निपीडितहरुको अवस्था बुझ्न उनी घटनास्थलमै पुगेर पीडितहरुको अवस्थाबारे समेत जानकारी लिएका हुन् ।
मंगलबार चिम्टीमा भएको आगलागीमा परेर ४७ बढी परिवारको सर्वस्व गुमेको छ । निरिक्षणको क्रममा बन तथा वातावरण मन्त्री भरत साह, प्रदेश सभा सदस्य मनिष सुमन, किरण साह, माला कर्ण, मधेश सरकारका पुर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह सहितको उपस्थिति रहेको थियो । बिहिबार दिउँसो काठमाडौंबाट राजविराज विमानस्थल पुगेका मुख्यमन्त्री घटनास्थल पुगेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ