News Category 2081/01/22
महिला सशक्तिकरणको लागि छिन्नमस्तामा ’रुइ’ परियोजना संचालनमा
दैनिक समाचारदाता
राजविराज, २२ बैशाख ।
आर्थिक र सामाजिक रुपमा पछाडी रहेको समुदायको महिलाहरुलाई सशक्तिकरणको लागि सप्तरीको छिन्नमस्ता गाउँपालिकामा रुई परियोजना संचालनमा ल्याइएको छ ।
छिन्नमस्ता गाउँपालिकाको समन्वयमा वल्र्ड फुड प्रोग्रामको नेतृत्वमा युएनको पाँचवटै एजेन्सीद्वारा उक्त पाँच वर्षे आयोजना संचालनमा रहेको छ ।
उत्पादन मुलुक क्षेत्रमा लगाएर पिछडिएका महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन यो परियोजना संचालनमा ल्याएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिर्दै परियोजनामा ३४ वटाको समुहको ९ सय भन्दा बढी महिलाको प्रत्यक्ष सहभागिता रहेको बताए ।
छिन्नमस्ताको ३ नं र ५ नं वडामा महिलाहरुको समुह बनाएर करिब ६ महिनादेखि यो परियोजना संचालानमा रहेको छ । परियोजना मार्फत उनीहरूलाई कृषि, लघु उद्यम सम्बन्धि तालिम, बिउ बिजन दिने तथा उत्पादन मुलुक क्षेत्रमा सघाउने लगायतका कामहरु गर्ने गरिएको छ ।
उनले यही १७ गते मात्र वडा नं ३मा ६ सय ३१ जनालाई ६ हजार ७ सय २० केजी र वडा नं ५ मा १० केजीको दरले हुने गरि १ हजार ५ सय ७५ केजी धानको बीउ वितरण गरेको बताए ।
अध्यक्ष चौधरीले वितरण गरिएको बिउ मदर सिड्स (आमा बिउ) रहेकोले अगामी वर्षमा पनि त्यसैबाट बिउ प्रयोग हुनसक्ने बताए ।
दोस्रो चरणमा महिला सदस्यहरूलाई निःशुल्क उन्नत जात अन्तर्गतको साबा मन्सुली, राधा १२, सुखा धान, बहुबुनी, सर्बना धानको मुल बिउ बितरण गरिएको जसले उत्पादनमा वृद्धि, पोषणलाई सबल,वातावरणीय प्रभावमा जलबायु अनुकूरण, जिबिकोपार्जनमा जोड तथा आर्थिक र सामाजिक रुपले पछाडी परेका महिलाहरुलाई आर्थिक सशक्तिकरणमा टेरुस्वा पुग्ने उनले विश्वास लिएका छन् ।
उनले यस परियोजना अन्तर्गत यस अघि कोदो (मरुवा)को बीउ ८० केजी, तरकारी तथा हिउँदे तरकारीको बिउ करिब ३० बिघा जमिनलाई पुग्ने गरि ५८ केजी बितरण गरिसकेको बताए । उन्नत जातको धानको बीउ ३ मेट्रीटन, गहुँको बिउ १० हजार ८० केजी, आलु हाइल्याण्डको बिउ ७५० केजी बितरण गरिसकेका उनले तबाए ।
अध्यक्ष चौधरीले ५ बर्षको यस परियोजनमा करिब ५ अर्ब रुपैयाँ लागत लाग्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ