News Category 2081/01/22
सरसफाईमा जुटे सुरक्षा निकाय, अग्निपीडित बस्तीमा खानेपानी सरसफाई सुविधा पु¥याइदै
दैनिक समाचारदाता
राजविराज, २२ बैशाख ।
आगलागिबाट जलेका घरहरुको भग्नावेश सरसफाइका लागि शनिबार सुरक्षा निकाय जुटेका छन् ।
शनिवार बिहानै नेपाली सेना बरख गण राजबिराज, नेपाल प्रहरी, सशस्त्र प्रहरीले अग्निपीडितहरूको जलेका घरहरूको भग्नावेश तथा घटनास्थल वरिपरि सरसफाई र बचेका समानहरूलाई टहराहरूमा सुरक्षित रूपमा राख्ने काम गरेको छ ।
यता खानेपानी र सरसफाईको समस्या देखिएको महादेवा गाउँपालिका १ चिम्टी बस्तीमा सो सुविधा पु¥याइने भएको छ ।
गत १८ गते आगलागी भएपछि सो वस्तीका बासिन्दाहरुले खानेपानी र शौचालयको समस्या भोग्दै आएका छन् । स्थानीय विपद् ब्यवस्थापन समितिको शनिबार चिम्टीमा सम्पन्न बैठकले युनिसेफको सहयोगमा विभिन्न गैर सरकारी संस्थाहरुको समन्वयमा सो वस्तीमा खानेपानी तथा सरसफाईको सेवा पु¥याइने निर्णय गरेको छ ।
अग्निपीडित स्थलमा रहेको विभिन्न समस्याहरुमध्ये खानेपानी सरसफाई पनि प्रमुख समस्या रहेको बताउँदै महादेवा गाउँपालिकाका अध्यक्ष तथा स्थानीय विपद् ब्यवस्थापन समितिका अध्यक्ष सुनिल मण्डलले खानेपानी सरसफाईको क्षेत्रमा सहयोग गरिदिन युनिसेफसहितको संस्थालाई अनुरोध गरिएको जानकारी दिए ।
सो वस्तीमा रहेको एउटा सार्वजनिक शौचालयको मर्मत सम्भार गरी सञ्चालन गरिने र आवश्यकता अनुसारको ठाउँमा चर्पी निर्माण गर्ने सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार झाले जानकारी दिए ।
खानेपानीको अत्यन्तै समस्या देखिएपछि खाना खुवाउने ब्यवस्था गरिरहेको संस्था नूर वेलफेयरले समेत ट्युबेल जडान गरिरहेको छ । सप्तरी युथ नेपाल र मुक्ति नेपालले समेत सामुदायिक भान्सा सञ्चालन गर्नुका साथै परामर्श सेवा प्रदान गरिरहेको छ ।

वस्ती पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि प्रदेश तथा संघीय सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्ने चिम्टीमा बसेको गाउँपालिकाको विपद् ब्यवस्थापन समितिले निर्णय गरेको छ । आवास निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराउन विभिन्न विकास साझेदार संघसंस्थालाई अनुरोध गर्ने र हालसम्मको राहत वितरण लगायको काममा सहयोग गर्ने संघसंस्थाहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सुनिल मण्डलले जानकारी दिए ।
यता विपद् ब्यवस्थापनका लागि रहेका विभिन्न क्लष्टरहरुलाई क्रियाशिल बनाउने निर्णय समेत गरेको छ । बाल संरक्षण क्लष्टरले पहिचान गरे बमोजिम महिला तथा बालबालिकामैत्री कक्ष र अस्थायी टहराहरु निर्माणकागि आर. एस के सेल्टर नामक संस्थालाई जिम्मेवारी दिइएको गाउँपालिकाका उपाध्यक्ष अर्चनाकुमारी यादवले बताइन् ।
महिला तथा बालबालिकाको क्षेत्रमा कुनै पनि समस्या देखिएमा संरक्षणको क्षेत्रमा कार्यरत संघसंस्थाहरुलाई सहयोग गर्न आव्हान गर्ने निर्णय समेत गरिएको उपाध्यक्ष यादवको कथन छ ।
यसैबीच युनिसेफ नेपालको सहयोगमा ४६ घरधुरी अग्निपीडितहरुलाई सरसफाई तथा स्वच्छता सामग्री वितरण गरिएको छ । अग्निपीडितहरुलाई त्रिपाल, मग, बाल्टिन, झुल र सरसफाई तथा स्वच्छता सामग्री वितरण गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष सुनिल मण्डलको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रमुख सेनानी रमेश पाण्डे, प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्य, सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंह, उपाध्यक्ष अर्चनाकुमारी यादव, तिलाठी कोईलाडी गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, युनिसेफका वास अफिसर अन्नपूर्णा मिश्रा, बाल संरक्षण अफिसर सृजना नेपाल, आर. एस के सेल्टरका शरद जोशी, सबल नेपालका कार्यकारी निर्देशक दिपक झा, वास अफिसर परमेश्वर झा, मुक्ति नेपालका गंगा अधिकारीसहितको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ