News Category 2081/01/23
राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
दैनिक समाचारदाता
राजविराज, २३ बैशाख ।
गैरसरकारी संस्था गैर नाफामूलक संस्थाको अवधारणालाई अंगालेको हुन्छ । तर, सोही संस्थाले कुनै पनि बहानामा रकम वा शुल्क लिनु गैरकानुनी हो र गैससको विधान विपरीत पनि हो ।
तर, सप्तरीमा एक गैरसरकारी संस्थालाई राजविराज नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुलाई रु. ५० का दरले ब्लड ग्रुप टेस्ट गर्नका लागि सिफारिस दिएको छ ।
कोशी प्रदेशको सुनसरी जिल्लाका युनिक नेपाल नामक गैससलाई उक्त कार्य गर्न सो शाखाका वरिष्ठ अधिकृत भोगेन्द्र यादवद्वारा हस्ताक्षरित सिफारिसपत्र उल्लेख छ ।
सो संस्थाले आइतबार राजविराजस्थित एक संस्थागत विद्यालयमा विद्यार्थीहरुको ब्लड ग्रुप टेस्ट गर्दै गरेको अवस्थामा शुल्क लिएपछि केही अभिभावकहरुले त्यसको प्रतिवाद गर्दा संस्थाले राजविराज नगरपालिकाले दिएको सिफारिस पत्र देखाएको थियो ।
संस्थाले गत वर्ष फागुन १४ गते उक्त सिफारिस पत्र पाएको थियो । संस्थाले राजविराज नगरपालिका क्षेत्र भित्र झण्डै १० हजार विद्यार्थीको ब्लड ग्रुप टेस्ट गरे वापत रु. ५ लाख शुल्क उठाउने देखिन्छ । यसरी गैरकानुनी रुपमा शुल्क उठाउन नगरपालिकाले दिएको सिफारिस उपर शंका गर्ने प्रसस्तै ठाउँ देखिन्छ ।
उक्त सिफारिस पत्रमा “संस्थाले सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सशुल्क ब्लड ग्रुप क्याम्पिन संचालन गरि उठेको रकमबाट असहाय बालबालिका, एकल महिलाहरुलाई सीपमूलक तालिम, अनाथ आश्रममा सहयोग लगायत बृद्धाआश्रमहरुलाई चाहिने आवश्यक सहयोगका लागि ब्लड ग्रुप टेस्ट क्याम्पिन यस नगरपालिका अन्तरगतका विद्यालयहरुमा संचालन गर्न अनुमति माँग भई आएको हुँदा नियमति प्रअको बैठकको निर्णय अनुसार विद्यालयमा विद्यार्थीहरुको इच्छा अनुसार प्रति विद्यार्थी रु. ५० का दरले ब्लड ग्रुप टेस्ट गर्नका लागि सिफारिस साथ अनुरोध छ ।”
शिक्षा, युवा तथा खेलकुद शाखाका वरिष्ठ अधिकृत यादवले भने सो संस्थालाई ब्लड टेस्ट सेम्पलिन क्याम्पिन गर्न प्रअहरुको नियमति बैठकको निर्णयको आधारमा सिफारिस दिइएको हो ।
उक्त सम्बन्धमा गैसस महासंघ नेपालका वरिष्ठ केन्द्रिय उपाध्यक्ष ध्रुब देवले भने, “कुनै पनि गैससलाई रकम वा शुल्क उठाउने अधिकार छैन, त्यो गैससको विधान विपरीत कार्य हो, यदी उक्त कार्य गरिएको पाइएमा त्यो गैरकानुनी हुन जान्छ र सो संस्थालाई ठगि मुद्दा समेत लगाउन सकिन्छ ।”
यस्तै गैसस महासंघ नेपाल सप्तरीका अध्यक्ष दिपक झाले गैससको काम सामाजिक क्रियाकलाप त्यो पनि निशुल्क रुपमा गर्ने हो । ती संस्थाहरुले आफ्नो दातृ संस्थाको सहयोगमा निशुल्क कार्य गर्नुपर्छ । उनले भने, “कुनै शुल्क वा रकम लिनु भनेको गैरकानुनी र गैससको विधान विपरीत हो ।”
यता गैससका सप्तरी सदस्य बिरेन्द्र मण्डल भन्छन्, छिमेकी जिल्लाका गैससलाई रु. ५० को दरले शुल्क लिएर विद्यार्थीको ब्लड ग्रुप टेस्ट गर्न सिफारिस गरिएकोप्रति घोर आपत्तिजनक र अब्यवाहरिक कार्य हो भन्दै सिफारिस तुरुन्त रद्द गरि उक्त प्रक्रिया उपर छानबिन गरि दोषिमाथी कारवाहीको माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ