News Category 2081/01/23
जेसीजलाई युवाहरु माझ पु¥याउनु आवश्यक ः राष्ट्रिय उपाध्यक्ष राजवंशी
दैनिक समाचारदाता
राजविराज, २३ बैशाख ।
नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष योगेश राजवंशीले जेसीज युवाहरुको नेतृत्व क्षमता वृद्धि गर्ने संस्था रहेकोले युवाहरु माझ यस संस्थालाई पु¥याउनु आवश्यक रहेको बताएका छन् ।
राजविराज जेसीजको भ्रमणका क्रममा आयोजना गरिएको “मिट एण्ड ग्रिट” कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उर्लाबारी जेसीज, मोरङका बर्ष २०२३का अध्यक्ष भई नेपाल जेसीजका उपाध्यक्ष भएका राजवंशीले राजविराज जेसीजको लामो इतिहास रहेको र सक्षम लिडरहरु रहेकाले शाखाको चार महिनाको गतिविधिमा सक्रियता आएको बताए ।
नेपाल जेसीजले शाखाहरुमा गतिविधि सञ्चालन गर्न केही सहयोग गर्ने गरेको बताउँदै सो लिन राजविराज जेसीजले बाताबरण बनाउनु पर्ने र माग गर्नु पर्ने सुझाव समेत उनले दिए ।
नेपाल जेसीजले देशै भरिमा भएका आफ्ना शाखाहरुको स्थलगत भ्रमण गरी त्यहाँका अवस्था बुभ्mन र समस्या भए सो को सामाधान गर्न आफ्ना उपाध्यक्ष र कार्यकारी उपाध्यक्षहरुलाई परिचालित गर्ने कार्य अन्तरगत आफ्नो भ्रमण भएको उनको भनाई थियो ।
उक्त कार्यक्रममा बोल्दै राजविराज जेसीजका पूर्व अध्यक्ष सतीश कुमार दत्तले शाखा स्थापनाको ४९ बर्ष भई सकेको परिवेशमा यस कार्यकालले आउँदो बर्ष हुने स्वर्ण जयन्तीको लागि पूर्वाधार तैयार गर्नु पर्ने भएकोले कठिन मेहनत गर्नु पर्ने उल्लेख गरे ।
राजविराज जेसीजको आफ्नै भवनमा बर्ष २०२४का अध्यक्ष विप्लव आनन्दको अध्यक्षतामा भएको मिट एण्ड ग्रिट कार्यक्रमको सञ्चालन यस बर्षका महासचिव पंकजकुमार देवले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ