News Category 2081/01/24
अग्निपीडित परिवारलाई भडावर्तन, ग्यास चुल्हा र बाकस प्रदान

दैनिक समाचारदाता
राजविराज, २४ बैशाख ।
सप्तरीको महादेवा गाउँपालिका १ चिम्टी अग्निपीडितका लागि विभिन्न संघसंस्थाले खाना पकाउने भाडावर्तन, ग्यास चुल्हा, बक्सा लागतयका सामाग्रिहरु प्रदान गरेको छ ।
ती राहतका सामाग्रिहरु ५२ नं बलिया क्याम्प कतारको सहयोगमा प्रदान गरिएको हो । समाजसेवी रामउद्धगार यादव, ई. संजिव नारायण यादव, रिना झा, ई. शैलेन्द्र यादव, ई.रामजी यादव, ई नन्दकिशोर यादव, महिला अभियानी अनिता यादव, महिला अभियानी सविता यादव, ई.ओम प्रकाश यादव लगायतले सप्तरी युथ नेपालको उपस्थितीमा प्रदान गरेको हो ।
अग्निपीडितका लागि ६७ थान प्रेसर कुकर, ६७ थान कराही, ६७ थान प्लेट, ६७ थान पन्यू बितरण गरिएको सप्तरी युथ नेपालका बिपद् ब्यवस्थापन समितिका संयोजक सत्येन्द्र यादवले जानकारी दिए ।
घटनास्थलमै स्थलमै पुगेर लहान उद्योग बाणिज्य संघले ४५ परिवारलाई चुल्हा र ग्यास सिलिन्डार प्रदान गरेको छ ।
यस्तै यादव युवा संघले समेत राहत स्वरुप ठूलो बाकस बितरण गरेको छ । ६६ अग्निपीडित परिवारलाई समान राख्ने ठूलो बाकस सहयोग गरिएको छ ।
त्यस्तै समाजसेवी एवं बौद्धिक वर्गका व्यक्तित्व डा. मुरली प्रसाद सिंहले अग्निपीडितहरूका लागि तीन छाकको खानामा लाग्ने सम्पूर्ण सामग्री दिएका छन् ।
यता सप्तरी युथ नेपाल र नुर वेलफेयर सोसाइटी सप्तरीको संयुक्त आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियन मविव क्याम्पस राजविराज, मिसन कलेज र पदमा एण्ड टुरिजम बथनाहाको सहकार्यमा उक्त खाना खुवाउने व्यवस्था जारि नै छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ