News Category 2081/01/24
मामाघर विवाहमा आएकी दिदीबहिनी चार दिनदेखी वेपत्ता
दैनिक समाचारदाता
राजविराज, २४ बैशाख ।
मामा घर राजविराज आएकी दिदीबहिनी चार दिनदेखी वेपत्ता भएकी छिन् । मामाको छोरीको विवाहमा भारतबाट सरिक हुन राजविराज आएकी भारत विहार राज्यको दरभंगा जिल्ला जाले ग्राम पंचायत वस्ने जय किशोर यादवकी १८ वर्षिया छोरी रिंकी र १९ वर्षिया पिंकी बैशाख २१ देखी राजविराजबाट वेपत्ता भएकी हुन् ।
राजविराज ७ खरसाल टोल वस्ने मामा अशोक यादवको छोरीको वैशाख ७ गते तय भएको विवाहमा सरिक हुन वुवा जयकिशोर र आमा देवकी देवी सहित दिदी÷बहिनी रिंकी र पिंकी बैशाख ६ गते नै राजविराज पुगेकी थिइन ।
विहे सम्पन्न भएपनि आफ्नो घर मै वसेका भान्जी रिंकी र पिंकी २१ वैशाख शुक्रवार दिउसो १ बजे देखी सम्पर्क विहीन भएको मामा अशोकले बताए ।
चार दिनदेखी भान्जीहरुको खोजी गर्दा पनि कतै फेला नपरेको उनले सुनाए । कतै कुनै सुराक नपाइए पछि भान्जीको अवस्था पत्ता लगाइदिन अघिल्लो दिन आइतवार साँझ जिल्ला प्रहरी कार्यालयमा सो बारे सम्पुर्ण जानकारी गराइएको उनले सुनाए ।
छोरी खोज्दै सोमवार भारतको दरभंगा पुगेका बुवा जयकिशोरले आफन्त र चिनजानका सबैमा जानकारी गराइए पनि हाल सम्म फेला पर्न नसकेको फोन सम्पर्कमा बताएका छन् ।
आमा देवकीले छोरी रिंकी र पिंकी आफुलाई केही नभनी शुक्रवार दिउँसो १ बजेतीर घरबाट निस्केको र त्यस पछि अबेर राती सम्म पनि न फर्के पछि खोज तलास सूरु गरिएको बताईन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुंण्डिराज नेउपानेले सम्पर्क विहीन भएकी दिदी÷बहिनी रिंकी र पिंकीबारे आफन्तले आईतवार साँझ मात्र जानकारी गराएको बताए ।
यद्धपी सो बारे जानकारी आउना साथ सम्पर्क विहीन भएकी दिदी÷बहिनीको पत्ता लगाउन उनीहरुको हुलीया सहितको सम्पुर्ण विवरण सबै प्रहरी कार्यालयमा पठाइएको उनले बताए ।
उनले सिमावर्ती भारतीय क्षेत्रका प्रहरी अधिकारीलाई समेत जानकारी गराई उनीहरुको खोजी कार्या भईरहेको जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ