News Category 2081/01/25
घरबाट दराज र बाकसै उठाएर चोरी
दैनिक समाचारदाता
राजविराज, २५ बैशाख ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सोमबार मध्यराती कसैको दराज त कसैको बाकस घरबाट उठाएर श्रृखंलाबद्ध चोरी भएको छ ।
चोरी भएका तीन घर मध्ये एक घरबाट दराज र बाकस उठाएर चोरहरुले नजिकैको चौरीमा लगि चोरी गरेका छन् ।
सो पालिका वडा नं. ७ सडेपार निवासी देव सुनरैत यादवको घरबाट ५० हजार नगद, लत्तकपडा र सुनचाँदीका गरगहना गरि २ लाख बराबरको धनमाल चोरी भएको छ । चोरले घरमा रहेको दराज उठाएर लगेको र घरदेखी झण्डै ७५ मिटरको दुरीमा रहेको बाँसघारीमा दराज फुटाएर सो परिमाणको सम्पत्ति चोरी लगेको उनले सुनाए ।
यस्तै सोही गाउँपालिका वडा नं. ६ बभनगामा टोल निवासी रामनारायण यादवका १७ वर्षिय छोरा राकेशलाई सुतिरहेकै कोठामा थुनेर बाँकी दुई कोठामा लाखौंको धनमाल चोरले चोरी गरेका छन् ।
घरबाट डेढ सय मिटरको दुरीमा रहेको दलानमा सुतिरहेका रामनारायणका अनुसार घरबाट सुनको आठ आनाको गहना, चाँदीको ११ तोलाको गहना, नगद १ लाख ६१ हजार र अन्य केही सरसामान चोरी भएको छ ।
चोरले छोरा राकेश सुतेको कोठामा बाहिरबाट चुकुल लगाई अन्य दुई कोठामा रहेको दुई वटा बाकस फुटाएर सो परिमाणको सम्पत्ति चोरी गरि लगेको उनले सुनाए ।
उक्त घरदेखी झण्डै सय मिटरको दुरीमा रहेको श्यामनारायण यादवको घरबाट पनि ६० हजार रुँपैया बराबरको चोरी भएको छ । घरपट्ी श्यामनारायणका अनुसार चोरले बाकस फुटाएर नगद र सरसामान गरि ६० हजार बराबरको सम्पत्ति लगेका छन् ।
घटनाको खबर पाएपछि पुगेको प्रहरी टोलीले घटनाको अनुसन्धान तथा चोरीमा संलग्न अपराधीहरुको खोजीकार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ