News Category 2081/01/26
काशीराज–गंगादेवी स्मृति पुरस्कारबाट वरिष्ठ कानुन व्यवसायी सिंह सम्मानित
दैनिक समाचारदाता
राजविराज, २६ बैशाख ।
सप्तरीका बरिष्ठ कानुन व्यवसायी हिम्मत सिंह “काशीराज–गंगादेवी स्मृति पुरस्कार २०८१ बाट सम्मानित भएका छन् ।
७२औं कानुन दिवसको अवसरमा बुधवार नेपाल बार एशोसिएशन उच्च अदालत राजविराजद्वारा आयोजित शुभकामना एवं सम्मान कार्यक्रममा ८४ वर्षिय सिंहलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी सर्वाेच्च अदालतका न्यायधिश सुनिल कुमार पोखरेलले उनलाई दोसल्ला तथा कदरपत्रबाट सम्मान गरे ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ कोइलाडी वर्साइन निवासी सिंहले कानुन, मानव अधिकार, समाजिक न्याय, न्यायनिरुपण र समाज परिर्वतन लगायतको क्षेत्रमा गरेको योगदानको कदर गर्दै सो पुरस्कार प्रदान गरिएको नेपाल बार एशोसिएशन उच्च अदालत राजविराजका अध्यक्ष हरेराम यादवले बताए ।
राजविराज ७ निवासी समाजसेवी स्व.काशीराज पोखरेल र गंगादेवी पोखरेलको स्मृतिमा उनका छोरा पूर्व क्याम्पस प्रमुख विष्णु पोखरेल, बुहारी शोभा पोखरेल र नुतन पोखरेलले यसै वर्ष सो पुरस्कारको स्थापना गरेका हुन ।
कानून, मानवअधिकार, सामाजिक न्याय र समाजसेवा क्षेत्रमा योगदान पु¥याउने ब्यक्तीलाई हरेक वर्ष कानुन दिवसको अवसर पारेर उक्त पुरस्कारबाट सम्मानित गरिने एशोशिएसनले जनाएको छ । पुरस्कारको राशी १५ हजार र कदरपत्र रहेको छ । यसै वर्ष पोखरेल परिवारले २ लाख १ हजार रुपैया पुरस्कार अक्षयकोषका लागी एशोसिएशनलाई हस्तान्तरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ