News Category 2081/01/27
नेपाली काँग्रेस र नेविसंघद्वारा अग्निपीडितलाई ट्युवेल र खाद्यान्न प्रदान
दैनिक समाचारदाता
राजविराज, २७ बैशाख ।
नेपाली काँग्रेस र नेपाल विद्यार्थी संघ सप्तरीले बिहीबार चिम्टीका अग्निपीडितलाई राहत स्वरुप ट्युवेल, खाद्यान्न र बालबालिकालाई स्टेशनरी प्रदान गरेको छ ।
काँग्रेसका सप्तरी सभापति रामदेव साहले अग्निपीडितहरुका लागि ६ थान ट्युवेल, पाईप र त्यसको जडानमा लाग्ने खर्चसहित वडाध्यक्ष जयकिशोर दासलाई हस्तान्तरण गरेका छन् ।

अग्निपीडितलाई स्वच्छ खानेपानी सहजका साथ उपलब्ध गराउन ट्युवेल वितरण गरिएको सभापति साहले बताए । उनले अग्निपीडितलाई खाद्यान्न सहितका सामग्री विभिन्न सरकारी तथा गैरसकारी निकायबाट उपलब्ध हुँदै आएको अवस्थामा पार्टीले खानेपानीको आवश्यकतालाई पुर्ति गर्न जडान खर्च सहित ट्युवेलसेट उपलब्ध गराएको जानकारी दिए ।
यसैगरी नेपाल विद्यार्थी संघ सप्तरीले अग्निीपीडित ६६ परिवारजनलाई राहत स्वरुप खाद्यन्न सामग्री र बालबालिकालाई स्टेशनरी प्रदान गरेको छ ।
राहतमा चामल, दाल, खानेतेल, च्युरा, नुन लगायतका सामग्री तथा बालबालिकालाई स्टेशनरी प्रदान गरेको नेविसंघ सप्तरीका सभापति राकेश ठाकुरले जानकारी दिए ।
बैशाख १८ मा महादेवा गाउँपालिका वडा १ चिम्टीमा भिषण आगलागी हुँदा ६६ परिवारका एक सय भन्दा बढी घर जलेर खरानी भएको थियो ।
अहिले अग्निपीडितहरुलाई बसोबासको समस्या रहेको स्थानिय वडाध्यक्ष जयकिशोर दासले बताए । प्रति परिवारलाई कम्तिमा पनि पाँच जना सम्म बस्न सकिने ठोस घरको सबै भन्दा बढी खाँचो रहेकोले सहयोगी निकायहरुलाई त्यतातिर ध्यान दिन वडाध्यक्ष दासले आग्रह गरे ।
राहत वितरण कार्यक्रमा काँग्रेस सप्तरी उपसभापति रामकुमार यादव, सचिव सनत मंडल, युवा नेत ईरसाद अन्सारी, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनाराण साह, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण मंडल, कृष्णासवरण गाउँपालिकाका उपाध्यक्ष कल्पना चौधरी लगायतका उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ