News Category 2081/01/27
नेपाली काँग्रेस र नेविसंघद्वारा अग्निपीडितलाई ट्युवेल र खाद्यान्न प्रदान
दैनिक समाचारदाता
राजविराज, २७ बैशाख ।
नेपाली काँग्रेस र नेपाल विद्यार्थी संघ सप्तरीले बिहीबार चिम्टीका अग्निपीडितलाई राहत स्वरुप ट्युवेल, खाद्यान्न र बालबालिकालाई स्टेशनरी प्रदान गरेको छ ।
काँग्रेसका सप्तरी सभापति रामदेव साहले अग्निपीडितहरुका लागि ६ थान ट्युवेल, पाईप र त्यसको जडानमा लाग्ने खर्चसहित वडाध्यक्ष जयकिशोर दासलाई हस्तान्तरण गरेका छन् ।

अग्निपीडितलाई स्वच्छ खानेपानी सहजका साथ उपलब्ध गराउन ट्युवेल वितरण गरिएको सभापति साहले बताए । उनले अग्निपीडितलाई खाद्यान्न सहितका सामग्री विभिन्न सरकारी तथा गैरसकारी निकायबाट उपलब्ध हुँदै आएको अवस्थामा पार्टीले खानेपानीको आवश्यकतालाई पुर्ति गर्न जडान खर्च सहित ट्युवेलसेट उपलब्ध गराएको जानकारी दिए ।
यसैगरी नेपाल विद्यार्थी संघ सप्तरीले अग्निीपीडित ६६ परिवारजनलाई राहत स्वरुप खाद्यन्न सामग्री र बालबालिकालाई स्टेशनरी प्रदान गरेको छ ।
राहतमा चामल, दाल, खानेतेल, च्युरा, नुन लगायतका सामग्री तथा बालबालिकालाई स्टेशनरी प्रदान गरेको नेविसंघ सप्तरीका सभापति राकेश ठाकुरले जानकारी दिए ।
बैशाख १८ मा महादेवा गाउँपालिका वडा १ चिम्टीमा भिषण आगलागी हुँदा ६६ परिवारका एक सय भन्दा बढी घर जलेर खरानी भएको थियो ।
अहिले अग्निपीडितहरुलाई बसोबासको समस्या रहेको स्थानिय वडाध्यक्ष जयकिशोर दासले बताए । प्रति परिवारलाई कम्तिमा पनि पाँच जना सम्म बस्न सकिने ठोस घरको सबै भन्दा बढी खाँचो रहेकोले सहयोगी निकायहरुलाई त्यतातिर ध्यान दिन वडाध्यक्ष दासले आग्रह गरे ।
राहत वितरण कार्यक्रमा काँग्रेस सप्तरी उपसभापति रामकुमार यादव, सचिव सनत मंडल, युवा नेत ईरसाद अन्सारी, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनाराण साह, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण मंडल, कृष्णासवरण गाउँपालिकाका उपाध्यक्ष कल्पना चौधरी लगायतका उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ