News Category 2081/01/28
२२ बर्ष पछि बल्ल बन्ने भो स्व. सिंहको संग्रहालय भवन

दैनिक समाचारदाता
राजविराज, २८ बैशाख ।
मधेशको मसिहा भनेर सम्बोधन गरिने सम्मानित नाम हो, गजेन्द्र नारायण सिंह । मधेशी जनतालाई जनसंख्याको आधारमा राज्यको हरेक अंगमा सहभागिताबारे आवाज उठाउने उनी नेपाल सद्भावना परिषदलाई २०४७ सालमा नेपाल सद्भावना पार्टीको रुपमा स्थापना गरी मधेश आन्दोलनलाई अगाडी बढाएका थिए ।
उनकै बाटो अनुसरण गर्दै मधेशमा करिब एक दर्जनको हाराहारीमा राजनीतिक दलहरु उदाए तर, उनको नामबाट कुनैपनि नयाँ संरचना निर्माण गर्ने तर्फ कसैले ध्यान दिएनन् ।
सिंहको निधन भएको २२ वर्षपछि बल्ल सप्तरी सदरमुकाम राजविराजमा गजेन्द्रनारायण सिंहको संग्रहालय भवन निर्माण शुरु भएको छ ।
विगतलाई हेर्ने हो भने सप्तरीमा पुरानै संरचनाहरुलाई नयाँ नमांकरण गरी गजेन्द्रनाराण सिंहको नामसँग जोडिएको हो ।
राजविराज औद्योगिक क्षेत्र, सगरमाथा अंचल अस्पताल राजविराज र त्रिभुवन चौक जस्ता पुरानै संरचनाहरुको नाम परिवर्तन गरी गजेन्द्रनाराण सिंहको नामबाट नयाँ नामांकरण गरिएको थियो ।
यसरी पुरानै संरचनाहरुलाई प्रणेता सिंहको नामबाट नामांकरण गर्दा स्थानियहरु सन्तुष्ट थिएनन् । उनीहरु स्व. सिंहको नाउँमा नयाँ संरचना निर्माणका लागि विभिन्न मञ्चहरुमा चर्चा गर्दै आएका थिए । गजेन्द्रबाबुको नामबाट राजविराजमा संग्राहलयको स्थापनाले उनको जिवनको हरेक अध्यायबारे नयाँ पीढीलाई अध्ययन गर्न सजिलो हुने बताउँछन् नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष धीरेन्द्र प्रसाद साह ।
यसअघि पुरानो संरचनामा स्व. सिंहको नाम जोडिने कामप्रति असन्तुष्टि जाउँदै आएका साहले राजविराजमा सिंहको नामबाट संग्रहालय निर्माण गरेर बल्ल उनलाई दिईनुपर्ने सम्मानको राज्यले निरन्तरता दिएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ