News Category 2081/01/30
पडेमरा अग्निपीडित परिवारलाई जस्तापाता बितरण
दैनिक समाचारदाता
राजविराज, ३० बैशाख ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ५ पडेमराका अग्निपीडित परिवारलाई स्टोरीज अफ नेपाल र दलित सरोकार मञ्च नेपालले आईतबार संयुक्तरूपमा जस्तापाता बितरण गरेको छ ।
गत बैशाख ९ गते भएको आगलागीबाट १४ परिवारको घर पूर्ण रुपमा क्षति भएको थियो । आगलागी भएको तीन साता बित्दा समेत आगलागी पीडितहरु खुल्ला अकाशमुनी बस्न बाध्य छन् ।
आगलागी पीडितका लागि स्टोरीज अफ नेपाल र दलित सरोकार मञ्च नेपालले फन्डरेज गरेर पहिलो चरणमा करिब ३ लाख ३४ हजार बराबरको जस्तापाता, मेग्रा र काटी सहितका समान वितरण गरिएको छ ।
अग्निपीडित प्रति परिवार २ बण्डलका दरले रंगीन जस्तापाता बितरण गरेको मञ्चका कार्यक्रम संयोजक राजकुमार पासमानले जानकारी दिएका छन् ।
उक्त कार्यक्रममा कञ्चनरुप नगरपालिका ५ का अध्यक्ष कैलाश साह, वडा नं.९ का अध्यक्ष राम सुन्दर यादब, कञ्चनरुप व्यापार संघका सचिव शशी साह, स्टोरीज अफ नेपालका बिजय कुमार चौधरी र सुरेन्द्र रायको उपस्थिति रहेका थिए । त्यसैगरी दलित सरोकार मञ्चका मनिष कोइराला र अनुराधा दाहाल, स्थानीय नेताहरु चित्तरंजन यादव, कल्पना चौधरी, बिजय चौधरी, जिवछ सरदार, सुरेश सरदार र बाबुराम सरदार समेतको उपस्थितीमा पीडित परिवारलाई जस्तापाता वितरण गरिएको हो ।
दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासमानको अध्यक्षतामा तथा स्टोरी अफ नेपालका बिकास कुमार साहको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ