News Category 2081/01/30
मधेश प्रदेश सरकारको नेतृत्वमा जनमतको दाबी
दैनिक समाचारदाता
राजविराज, ३० बैशाख ।
मधेस प्रदेशबाट नेकपा एमाले र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन आइतबार फिर्ता लिएसँगै प्रदेश सरकार अल्पमतमा परेको छ । हाल मधेश प्रदेशमा जसपा नेतृत्वको सरकार रहेको छ ।
आइतबारै नेकपा एमाले, जनमत पार्टी, माओवादी केन्द्र र लोसपा गरि चार दल मिलेर सरकार बनाउने तयारीमा जुटेका छन् ।
यसैबीच जनमत पार्टीको संसदीय दलका नेता महेश प्रसाद यादवले अब बन्ने नयाँ सरकारको नेतृत्व जनमतले पाउनु पर्ने दाबी गरेका छन् । उनले भने “जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बन्छ, र यसमा गठबन्धन दलहरुले सहयोग गर्नुपर्छ ।”
यता माओवादी केन्द्रका प्रदेश सांसद युवराज भट्टराईले मुख्यमन्त्री को हुने भन्नेमा अहिले सहमति भने भइनसकेको बताए । उनले मधेशमा सरकार बनाउन यी चार दलबीच अनौपचारिक सहमति भइसकेको जानकारी समेत दिए ।
प्रदेश सभामा एमालेका २४, जनमतका १३, माओवादी केन्द्रका ९ र लोसपाका ८ जना सांसद छन् । मधेश प्रदेशमा १ सय ७ सांसद रहेकोमा सरकार गठनका लागि आवश्यक बहुमत संख्या ५४ रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ