News Category 2081/01/31
छोरीको जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण
दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख ।
प्रेस युनियन सप्तरीका पूर्वअध्यक्ष तथा पत्रकार महासंघ सप्तरीका सदस्य ओमप्रकाश साहले आफ्नो छोरीको जन्मदिनको अवसरमा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।
सप्तरीको शम्भुनाथ नगरपालिका ११ स्थित श्री जनता राष्ट्रिय दलित आधारभुत विद्यालय राजपुरका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
विद्यालयमा अध्यनरत ४५ जना छात्र र छात्राहरुलाई १६ दर्जन कपि, १ सय ५० पिस बलपेन र ३० थान ज्योमेट्रिक बक्स विद्यार्थीहरुलाई वितरण गरे ।
पत्रकार शाहले जन्मदिनको नाममा विभिन्न फजुल खर्च गर्नु भन्दा आफ्नो क्षमता अनुसार समाजसेवा गर्न निकै उचित हुने भएकाले आफूले व्यक्तिगत रूपमा उक्त सामाग्री वितरण गरेको उनले बताए । विगतका दिनहरूमा पनि सामुदायिक विद्यालयलाई सहयोग गर्दै आइरहेको र आउँदा दिनहरुमा पनि सामुदायिक विद्यालयहरुमा शैक्षिक सामग्री वितरण गर्दै आईरहने उनले बताए ।
विद्यालयका प्रधााध्यापक रामअशिष रायले आर्थिक स्थिती निकै कमजोर भएका सामुदायिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई जन्मदिनको अवसर पारेर शैक्षिक सामाग्री वितरण गरेकोमा धन्यवाद दिए ।
शैक्षिक सामग्री वितरण कार्यक्रम विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छुतहरु खंगको अध्यक्षतामा आयोतिज कार्यक्रममा शम्भुनाथ नगरपालिकाका कार्यवाहक नगर प्रमुख अनिता कुमारी चौधरीको प्रमुख आतिथिमा सम्पन्न कार्यक्रममा शिक्षा शाखा अधिकृत विदुर विक्रम थापा, श्री जनता आधारभुत विद्यालय भंगहाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदशि साह, पत्रकार राम नारायण यादव र स्थानीय बासीहरुको समेत उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ