News Category 2081/01/31
विपद् व्यवस्थापन समितिद्वारा चिम्टी अग्निपीडितलाई नगद प्रदान
दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख ।
जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले महदेवा गाउपालिका १ चिम्टीका अग्निपीडित परिवारलाई राहत स्वरुप नगद रकम सोमबार उपलब्ध गराएको छ ।
बैशाख १८ गते भएको भिषण आगलागीमा घरवारविहिन भएका ४६ परिवार मध्ये ५ जना परिवार संख्या भएकोलाई १५ हजार र सोभन्दा बढी सदस्य रहेका परिवारजनलाई २० हजारका दरले नगद रकम उपलब्ध गराईएको हो ।
प्रमुख जिल्ला अधिकारी किरण थापाले महादेवा गाउपालिका अध्यक्ष सुनिल कुमार मण्डल र वडाध्यक्ष जयश्वर किशोर दासको रोहवरमा १९ अग्निपीडित परिवारलार्ई २० हजार र २७ परिवारलाई १५ हजारको दरले सात लाख ८५ हजार नगद प्रदान गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
सो अवसरमा नागरिकता, घर यकिन र मतदाता विवरण लगायतका कागजातहरु संकलनमा समय लागेकोले नगद राहत वितरणमा केहि ढिलाई भएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
उनले ढिलो भएको देखिए पनि अग्निपीडितहरुले नगद राहत पाउँदा उनीहरुको तत्काल पुनस्र्थापना र व्यवस्थापनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रमुख सेनानी रमेश पाण्डे, प्रहरी उपरीक्षक गजुसिद्धि वज्राचार्य, शसस्त्र प्रहरी उपरिक्षक धनबहादुर सिंह र राष्ट्रिय अनुसंधान सप्तरी प्रमुख सुरेन्द्र कोइराला लगायतको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ