News Category 2081/02/01
सहकारी ठगहरुलाई कारवाही गर्न नेवि संघको माग
दैनिक समाचारदाता
राजविराज, १ जेठ ।
नेवि संघ सप्तरीले सहकारीको रकम दुरुपयोग गरी अपचलन गर्ने सहकारी ठगहरुलाई छानबिनको दायरामा ल्याई कानुनी कारवाही गर्न माग गरेको छ ।
नेवि संघका जिल्ला सभापति राकेश कुमार ठाकुरको नेतृत्वमा एक टोलीले मगलबार प्रमुख जिल्ला अधिकारी किरण थापालाई सो मागसहितको ज्ञापन पत्र बुझाएको छ ।
बुझाइएको ज्ञापनपत्रमा सहकारी बचतकर्ताहरुको बचत फिर्ता गराउन र सहकारीको समस्यालाई दिगो रुपमा समाधानको माग गरिएको छ । यस्तै सहकारी ठगिमा संलग्न संस्था, सदस्य र सम्बन्धित व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउन तत्काल निष्पक्ष संसदीय छाबिन समिति गठन गर्नु पर्ने माग पनि गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई समेत बोधार्थ गरिएको उक्त ज्ञापनपत्रमा विद्यार्थी केन्द्रित आवश्यक परिमार्जन एवं संशोधन विद्यालय शिक्षा विधेयक २०८० तत्काल लागु गर्न र उच्च शिक्षामा अध्ययन तथा अनुसन्धान गर्ने अवसर उपलब्ध गराई प्रतिष्पर्धाको आधारमा उच्च शिक्षाको गुणस्तर अभिबृद्धि गरी देशको शैक्षिक तथा प्रज्ञिक क्षेत्रलाई अरु बढी गुणस्तरीय, मर्यादित, नियमन र व्यवस्थापन सम्बन्धि कार्यलाई सहजिकरण र व्यवस्थित गर्न विश्वविद्यालय छाता ऐन सम्बन्धी विधेयक तत्काल प्रतिनिधि सभामा प्रस्तुत गर्न माग समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ