News Category 2081/02/01
राजनीतिक प्रतिशोध साध्न गरिएको शिक्षक सरुवा खारेज गर्न चार दलको माग
दैनिक समाचारदाता
राजविराज, १ जेठ ।
राजनीतिक प्रतिशोध साध्न गरिएको शिक्षक सरुवा खारेजको माग गर्दै चार राजनीतिक दलले मंगलबार नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहालाई नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा नेपाल र लोसपाले संयुक्त रुपमा सो ज्ञापनपत्र बुझाएका हुन् ।
बुझाइएको ज्ञापनमा राजनीतिक प्रतिशोधको नाममा गरिएको शिक्षक सरुवा अविलम्ब खारेज गर्न माग गर्दै दरबन्दी मिलान नगरि शिक्षकको सरुवा गर्ने निर्णयमा सहभागी शिक्षा अधिकृत कृष्ण कुमार यादवलाई सरुवा गर्न, नगर शिक्षा ऐन संशोधन गर्न समेत माग गरिएको छ ।
नेपाली कांग्रेसका नगर सभापति नारायण यादव, माओवादी केन्द्रका भुलाई राम, जसपाका लक्षणदेव साह र लोसपाका रामसागर मण्डलले संयुक्त रूपमा ज्ञापन बुझाउँदै मागहरू सात दिनभित्र पुरा नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ